प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


प्रधानमन्त्रीवरुद्ध भ्रम फैलाएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । आज बुधबार (५ मंसिर) अदालतमा उपस्थित गराइएका प्रसाईंलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले अनुमति दिएको हो ।

प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर निर्माण गरिएको एक भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

प्रसाईंविरुद्ध कीर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने बताइएको छ । उनमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो भने यसअघि गत असोज ६ गते पनि उनी पक्राउ परेका थिए ।