‘राष्ट्रिय सद्भाव कायम गर्न’ जागरणसभा गर्दै एमाले

‘राष्ट्रिय सद्भाव कायम गर्न’ जागरणसभा गर्दै एमाले


राष्ट्रिय सद्भाव कायम गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज (७ मङ्सिर) दरबारमार्गमा जागरणसभा आयोजना गर्दैछ ।

सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत सो पार्टीका अन्य वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने ऱ्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । सभामा एक लाख मानिस सहभागी गराउने लक्ष्य रहेको सो दलका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।

पार्टीका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबै जनसङ्गठनका सदस्य सभामा सहभागी हुने जनाइएको छ ।