सुनसरीको इटहरी उपमहानगरपालिका-१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार (९ मङ्सिर) एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका-३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती ३२ वर्षीया टीका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।
बालग्राम चोकमा को३६प ५६३७ नंको मोटरसाइकललाई पहिचान नभएको सवारीसाधनले ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका दुवैजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारीसाधनको प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया