मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई रिहा गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीले भनेका छन्, ‘जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णयअनुसार केहीबेर अघि उहाँलाई उहाँकै श्रीमतीको जिम्मामा पठाइएको छ ।’
प्रतिक्रिया