सहकारीको रकम अपचलन मामलामा बयानका लागि लामिछानेलाई काठमाडौ ल्याइयो

सहकारीको रकम अपचलन मामलामा बयानका लागि लामिछानेलाई काठमाडौ ल्याइयो


सहकारीको रकम अपचलन मामलामा प्रहरी हिरासतमा रहेका रारास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बिहीबार (१३ मङ्सिर) साँझ ५ः१४ बजे बुद्ध एयरको विमानबाट लामिछानेलाई काठमाडौं लगिएको जानकारी दिएका हुन् ।

ज्ञातव्य छ, लामिछानेविरूद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा लगिएको थियो ।

जिल्ला अदालत कास्कीको आदेशबाट पटक-पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।