रामेछापमा जिप दुर्घटना : वडाध्यक्षसहित पाँचजनाको मृत्यु, तीन घाइते

रामेछापमा जिप दुर्घटना : वडाध्यक्षसहित पाँचजनाको मृत्यु, तीन घाइते


रामेछापमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन् ।

काठमाडौंबाट बेतालीतर्फ गइरहेको ना१ज ७१२३ नम्बरको जिप आज (१४ मंसिर) दिउँसो गोकुलगङ्गा गाउँपालिका-६ फर्पुमा दुर्घटना हुँदा गोकुलगङ्गा-४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँचजनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा जिप चालक सिन्धुलीका ३० वर्षीय हिराबहादुर कार्कीको पनि मृत्यु भएको छ । मृतक अन्य तीनजनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते तीनैजनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।