टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु


काठमाडौं महानगरपालिका-३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकलचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका-१४ मुरलीबगैँचा घर भई काठमाडौंको काँडाघारी हात्तीडाँडा बस्ने ४५ वर्षीय सञ्जय सिंह रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार जडीबुटीस्थित सडकमा रोकी राखेको बा४ख ६१८२ नम्बरको टिपरमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा गएराति निज मोटरसाइकलचालक गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमासेन्टर महाकालमा उपचारका क्रममा मृत्यु भएको हो । हाल फरार टिपरचालकको प्रहरीले खोजी गरिरहेको प्रवक्ता कार्कीले बताए ।