आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ दुई हजार नौ सय दुई मत प्राप्त गरी विजयी बनेकी छन् । उनका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।
कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनपाँच सय ६२ मत प्राप्त गरेर विजयी बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८ गरेका छन् ।
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा (एमाले)का कुमारी साउदेन तीन सय ५३ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अम्बी साउदेनलाई दुई सय ५१ मत प्राप्त भएको छ ।
मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्षपदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरेका छन् ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षपदमा नेकपा (एमाले)का सकिबुल खाँ ६ सय ३१ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनको निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरेकी छन् ।
photo: rss
प्रतिक्रिया