कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई शपथ ग्रहण गराएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आज (१७ मङ्सिर)साँझ आयोजित समारोहमा प्रमुख खापुङले भण्डारीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) को सिफारिस बमोजिम भण्डारीलाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका थिए ।
शपथ समारोहमा मुख्यमन्त्री कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, पूर्वमुख्यमन्त्री उद्धव थापा, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रदेशका प्रम्ख एवं प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।
file photo
प्रतिक्रिया