कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान विजयी

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान विजयी


कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको सोमबार (१७ मङ्सिर) सम्पन्न मतगणनामा डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

डङ्गोलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा. सुरेन्द्र मानन्धरले चार हजार तीन सय ३७ मत प्राप्त गरे ।

साथै स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनले दुई हजार ३६ र कविकुमार महर्जनले एक हजार तीन सय १४, दिनेशकुमार अधिकारीले एक हजार ४८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले नौ सय ९५ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

विसं २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

file photo