समसामयिक विषयमा छलफल गर्न मङ्गलबार एमाले सचिवालय बैठक बस्ने

समसामयिक विषयमा छलफल गर्न मङ्गलबार एमाले सचिवालय बैठक बस्ने


नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक मङ्गलबार बस्ने भएको छ ।

यही मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिँदै पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले मंगलबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।