धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि शनिबार (२२ मङ्सिर) नयाँ दिल्लीतर्फ लगिएको छ ।
नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायका अनुसार मेयर हमाललाई गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली लगिएको हो ।
श्वास फेर्न समस्या भएपछि गएराति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर हमाल नगरप्रमुखमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया