बयान सकेर रवि लामिछानेलाई पोखरातर्फ पठाइयो

बयान सकेर रवि लामिछानेलाई पोखरातर्फ पठाइयो


सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सा जिल्ला सरकारी वकिल कार्यालयले आज (२६ मङ्सिर) पोखरातर्फ पठाएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय (पर्सा)का प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुऱ्याइने जानकारी दिए ।