सगरमाथा राष्ट्रिय निकुञ्जको निर्णयविरुद्ध उभियो वायुसेवा सञ्चालक सङ्घ

सगरमाथा राष्ट्रिय निकुञ्जको निर्णयविरुद्ध उभियो वायुसेवा सञ्चालक सङ्घ


ध्वनीप्रदुषण बढेको भन्दै सगरमाथा राष्ट्रिय निकुञ्जले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेको छ, तर वायुसेवा सञ्चालक सङ्घले सो क्षेत्रमा उडान नरोक्ने जनाएको छ । निकुञ्जको निर्णयप्रति आपत्ति जनाउँदै सङ्घले उडान जारी राख्ने बताएको हो ।

बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै सङ्ले भनेको छ, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा लगाएको रोक पालना गर्न बाध्य छैनौँ । सदस्य वायुसेवा कम्पनीहरूले हाल उडान गरिरहेका गन्तव्यहरूमा प्राधिकरणसँग अनुमति लिई उडानलाई निरन्तरता दिने जानकारी गराउँछौँ ।’

साथै , सङ्घले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ ।

ज्ञातव्य छ, गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान गर्न नदिने भन्दै सङ्घलाई पत्राचार गरेको थियो ।