देशका आमजनताले प्रजातन्त्र के हो, कस्तो हुन्छ थाहा नै पाएका छैनन् । दलमा आवद्धता देखाउने र त्यसको चम्चागिरी गर्ने २-४ प्रतिशतको लागि त देशमा प्रजातन्त्रमात्र नभइ देश स्वर्ग नै छ, तर बाँकी नेपालीको जीवन साँझ-बिहानको छाक टार्न सकसमै गुज्रिँदै छ ।
✍ सुनिल उलक
धेरैले राजा महेन्द्रको २०१७ सालको कदमको आलोचना गर्दछन् । तर, राजाले फगत २-३ दिनको निर्णयले यो कदम चालेका थिएनन् । उनले प्रजातान्त्रिक सरकार बनेदेखि नै त्यसमाथि गोप्यरूपमा कडा नजर राख्न थालेका थिए । साथै यसको विकल्पको लागि लामो अध्ययन पनि गरिरहेका थिए । पञ्चायत शब्द संस्कृत शब्द हो र यसको ब्यवस्थाको शुरुवात धेरै पहिलेदेखि भारतका ग्रामिण क्षेत्रमा शुरु भएको थियो । गाउँका केही पञ्च भलादमीहरूको समुहले गाउँको सम्पूर्ण ब्यवस्था गर्दथे । उनीहरूमा आफ्नै कानुनी अधिकार हुने गर्दथ्यो । यसैबाट प्रभावित भएर महेन्द्रले बृहत्तररूपमा राष्ट्रिय ब्यवस्थाको थालनी गरेका थिए । पञ्चायती ब्यवस्था वास्तवमा पूर्णरूपमा जनतामुखी थियो, तर पछि यो पूर्णरूपमा राजामुखी हुन पुग्यो । जसले गर्दा यसका गुणभन्दा दोषहरू बढी बाहिरिन पुग्यो । पञ्च भलादमी भन्ने शब्दमा कति आस्था र श्रद्धा थियो… पछि ‘पञ्चे’को रूपमा बदनाम भयो ।
पृथ्वीनारायण शाहको राष्ट्र एकिकरण अभियानमा उनका छोरा बहादुर शाहले पनि निरन्तरता दिए । तर त्यसपछि सन्की राजाहरू र थापा, पाण्डे, चौतरियाको आपसी दुश्मनीले देशले धेरै गुमायो । टिस्टादेखि काँगडाको सिमालाई मेचीदेखि महाकालीमा सीमित बनाइदियो । जंगेलाई यही थापा, पाण्डे, चौतरिया र सन्की राजाले जन्माएका थिए । त्यसबेलाको आवश्यकता थियो जंगे ! जंगेको उदय नभएको भए नेपाल भारतको एउटा प्रान्तमा सीमित हुने थियो । हैसियत नभए पनि हुकुमता भएका जंगे उपयुक्त भइदियो । जंगेलाई स्विकार्नुपर्ने जनताको बाध्यता थियो त्यो बेला ।
वि.सं. १९४२ को घटनापछि राणा केही उग्र भए । धेरै कुरा राणाबाट गल्ती भए, अहिलेका ‘नव राणा’ वा ‘नव राजा’हरू झैँ धीरशम्शेरका सत्र भाइ छोराहरू पनि सत्ताको लागि जस्तोसुकै गर्न तैयार हुँदै गए, तर राम्रो काम पनि सत्ता गुम्ने डरले गर्न चाहेनन् । वि.सं. २००१ मा जुद्धशम्शेर, भाइसराय Earl of Linlithgow को निम्तोमा भारत भ्रमणमा गएका थिए । यो भ्रमण नितान्त ब्यक्तिगत थिएन, अंग्रेज सरकारले नेपाललाई उपहारमा केही दिन चाहेका थिए । यसभन्दा अगाडि प्रधानमन्त्री चर्चिल तथा राजा जर्ज छैठौंले पनि नेपालको कदर गर्न चाहेको जानकारी पत्रबाट दिइसकेका थिए ।
भारत भ्रमणको समय भाइसराय Earl of Linlithgow ले एकान्तमा जुद्धशम्शेरलाई सूचित गरे- ‘हामी भारत छोडेर जाँदैछौँ !’ यो अप्रत्यासित थियो जुद्धशम्शेरको लागि । एकैचोटी उसको दाहिने हात कसैले काटिदिए जस्तो भयो । बिस्तारै भाइसरायले थप्दै भने, ‘नेपाल र नेपालीको गुण हामी कहिल्यै बिर्सन सक्दैनौँ, तसर्थ अंग्रेज सरकार नेपाललाई केही उपहार दिन चाहन्छ । यही सुचित गर्न महाराजलाई दिल्ली दरबारमा निम्तो पठाइएको हो ।’ कौतुहलताबीच जुद्धको प्रश्न भुइँमा झर्न नपाउदै भाइसरायले भने, ‘अंग्रेज सरकार भारतलाई स्वतन्त्र बनाउनुअघि बंगलादेश नेपाललाई सुम्पन चाहेको जानकारी गराउन चाहन्छु ।’ देशले समुन्द्री किनार भेटे विकास गर्न सहज हुन्छ भन्ने अंग्रेजको लामो अनुभव थियो । तसर्थ नेपाललाई समुन्द्रसँग जोडिदिन चाहेका थिए ।
राणाविरोधी आन्दोलनबाट आजित भइसकेका जुद्धशम्शेर बंगलादेश नेपालमा गाभ्ने प्रसङ्गले अझ तर्सिए । उनले हुन्छ वा हुँदैन भन्न सकेनन् । छिट्टै जानकारी पठाउँछु भन्दै फर्किए । दुई महिनापछि उनले पत्रमा देशभित्र नै आन्दोलन चर्किरहेको अवस्थामा बंगलादेश स्विकार्न कठिन हुने जानकारी पठाए । प्रधानमन्त्री चर्चिल तथा राजा जर्ज छैठौंको नेपाललाई ‘भूपरिवेष्टित’बाट जोगाउने र भारतको पराधीनताबाट रोक्ने इच्छा पूरा हुन सकेन ।
राजनैतिक विश्लेषणको आधारमा हेर्ने हो भने पञ्चायतको तीसवर्षे कालमा नेपालमा धेरै विकास भएको थियो । पञ्चायतको पछिल्लो समयमा भने पञ्चहरू भ्रष्ट हुन थाले, जसले गर्दा पञ्चायतप्रति रुष्टता शुरु भयो ।
भारतको स्वतन्त्रतापछि नेहरूको चंगुलमा फसेका राजा त्रिभूवनले अरू केही सही देख्न नै सक्दैनथे । केवल नेहरूको सल्लाहलाई शिरोपर गर्थे । कार्तिक २२, २००७ मा नेपाललाई स्वतन्त्र गर्ने चाहनाले राजा भारतमा पुगेका थिएनन् । नेहरूको इच्छाले पुगेका थिए र, हैदरावाद भवनमा कैदीसरह बसेका थिए । राजकीय सम्मानका साथ बसेका थिएनन् । त्यो कैदखानामा राजा त्रिभूवनलाई पहिलोपटक भेट्न पुगेका पुरूषोत्तमशम्शेरको अनुभवमा त तिहाडमा पनि त्यति सुरक्षा हुँदैन जति त्रिभूवन बसेको ठाउँसम्म सेनाको पहरा थियो । Erika Leuchtag रानी कान्तीको उपचारको लागि होइन नेहरूको प्रतिनिधिको रूपमा दरवारको जासुसी गर्न पठाइएको थियो । पछि यिनै नर्ससँग राजाको हिमचिम बढ्यो । Erika को सहयोगमा राजालाई दिल्ली पुऱ्याइयो । हुन त नेहरूले चाहेको (भारतको हिमाञ्चल राज्यमा गाभ्ने) कुरा युवराज महेन्द्रले गर्दा पुगेन तर एक किसिमको उपनिवेश भने बनाइछाडे ।
२००७ पछि हामी भारतको अधीनमा आयाँ, नेहरूले राजाको साथ आफ्ना प्रतिनिधि पठाए, राजाको सल्लाहकारको रूपमा । २००८ मा नेपालको सुरक्षा परिषदको पहिलो बैठक दिल्लीमा बस्यो । यसलाई भारतीय सेना प्रमुखले ब्रिफिङ गरे ।
२००७ पछि नेपालमा अर्को ‘राणा’ जन्मियो । देशभरि काङ्ग्रेसका कार्यकर्ताले राणाबाट पीडित रहेको भन्दै थुप्रै जमिन हात पारे । केवल ८ वर्षमा देशभरमा डेढ लाख रोपनीभन्दा बढी जमिन काङ्ग्रेसी कार्यकर्ताले हात पारेका थिए ।
२०१७ सालको घटनाचक्रमा पनि नेहरूले पूर्ण सहयोग गरे राजा महेन्द्रलाई । केही दिन राजासँग भेटघाटमा ब्यस्त रहेका सेनाप्रमुख थिम्मैया पुस १ को अघिल्लो रात John Coapmanसँग थिए भने राजदूत भगवान सहाय पनि निकै ब्यस्त थिए । थिम्मैया अरू दुई दिन John Coapmanको होटलमै बसे भने भगवान् सहायलाई फिर्ता बोलाइ पुरस्कारस्वरूप नेहरूले दिल्लीको गभर्नरको पद दिए । तर राजा महेन्द्रले पञ्चायती ब्यवस्थाको घोषणासँगै नेहरूलाई पनि बेवास्ता गरे । त्यसपछि महेन्द्रसँग चिढिए नेहरू, त्यसपछि त नेपालको राजपरिवारसँग नेहरूको परिवार सदैव टाढा नै रहे । न इन्दिरा गान्धी न त राजीव गान्धी नै नजिक हुन खोजे । अन्तमा सोनिया पनि टाढा नै बनिरहिन् ।
२०१७ पछि देशले अर्को ‘राणा शासन’ पायो, तर यो समय जनताले रोजगारीका थुप्रै अवसर पाए । पञ्चायतभित्रका पञ्च त उस्तै अर्थात् राणाजस्तै थिए तर देशले ३०वर्षे स्वर्णकाल पायो । दलिय राजनीतिको ‘मिठो भागबण्डा’ चाखेकालाई भने पीडा भयो । उनिहरू राजनैतिक मह चाट्न आतुर थिए ।
२०४७ फेरि दलिय राजनीतिको प्रवेश भयो, दलको नाममा राजनीति गर्ने र त्यसको रसोस्वादन गर्न पल्केकाहरू पञ्चायतबाट दलिय भए । देशले अर्को दुर्गति भोग्नुपऱ्यो । वर्ल्ड बैंक र आईएमएफको सल्लाहमा अर्थमन्त्रालयले privatisation cell गठन गऱ्यो । पञ्चायतकालमा उत्कर्षमा पुगेको सरकारी उद्योगहरूलाई निजीकरणको नाममा धराशायी बनाइयो । देशले बेरोजगारी पायो, देशका युवा रोजगारीको खोजीमा विदेशीभूमिमा भौंतारिन बाध्य भए । ४३४ अर्ब रेमिट्यान्स भित्र्याउन सफल भएको गर्विलो समाचार बनाउने राष्ट्र बैंकले नेपालबाट केवल भारतले ३५० अर्ब रेमिट्यान्स लैजाने तथ्य उजागर गर्न चाहेन ।
तसर्थ, देशका आमजनताले प्रजातन्त्र के हो, कस्तो हुन्छ थाहा नै पाएका छैनन् । दलमा आवद्धता देखाउने र त्यसको चम्चागिरी गर्ने २-४ प्रतिशतको लागि त देशमा प्रजातन्त्रमात्र नभइ देश स्वर्ग नै छ, तर बाँकी नेपालीको जीवन साँझ-बिहानको छाक टार्न सकसमै गुज्रिँदै छ ।
राजा महेन्द्रले आफ्नो छोटो शासनकालमा सबैभन्दा बढी मुलुकको भ्रमण गरेर कुटनैतिक फाइदा लिए । देशको विकासको लागि विभिन्न देशबाट सहयोग पाएका थिए । उद्योग कलकारखानाहरू खुलेका थिए । क्रमशः बाटाहरूले पनि एकअर्को शहरलाई जोड्दै थियो । त्यतिबेला ती उद्योग कल-कारखानामा रहेका कर्मचारी तथा मजदूरहरू राष्ट्रमुखी सोच राख्ने थिए । तर अहिलेको तुलना गऱ्यो भने ब्यक्तिमुखी तथा दलमुखी हुन पुगेका छन्, जसले गर्दा सीमित ब्यक्ति त सम्पन्न भए तर समग्र देश सम्पन्न हुन सकेन ।
देशले समुन्द्री किनार भेटे विकास गर्न सहज हुन्छ भन्ने अंग्रेजको लामो अनुभव थियो । तसर्थ नेपाललाई समुन्द्रसँग जोडिदिन चाहेका थिए । भारत भ्रमणको समय जुद्धशम्शेरलाई भाइसराय Earl of Linlithgow ले एकान्तमा सूचित गरे- ‘हामी भारत छोडेर जाँदैछौँ ! नेपाल र नेपालीको गुण हामी कहिल्यै बिर्सन सक्दैनौँ, तसर्थ अंग्रेज सरकार भारतलाई स्वतन्त्र बनाउनुअघि बंगलादेश नेपाललाई सुम्पन चाहन्छ ।’
राजनीतिका खेलाडीहरूका लागि आजको दिन (पुस १) इतिहासमा कालो दिन होला, तर राजनीतिप्रति चासो नहुने साधारण नेपाली जनताको लागि भने एउटा स्वर्णिम युगको शुरुवातको दिन थियो । हुन त यसमा धेरैको विरोधाभास आउन सक्छ । एउटा जनताले चुनेको प्रजातान्त्रिक सरकारमाथि राजाको निर्मम कदमको ब्याख्या पनि गरिएला । प्रजातान्त्रिक सरकार गठन र त्यसपूर्वका घटनाचक्रहरू गहिराइमा नियाल्दा भने गलत कदम राजाले उठाए झैँ लाग्दैन, तैपनि २–४ वर्ष प्रजातान्त्रिक सरकारलाई काम गर्न दिएपछि मात्रै कठोर कदम उठाएको भए केही भिन्न तर्क पनि आउन सक्थ्यो कि ! अर्को कुरा, बिपी नेतृत्वको प्रजातान्त्रिक सरकार भङ्ग गराउन भने भारतको नेहरू सरकारले पूर्ण सहयोग गरेको थियो ।
तर, राजाले ल्याएको नयाँ ब्यवस्था गलत नै भने थिएन, किनकि राजनैतिक विश्लेषणको आधारमा हेर्ने हो भने पञ्चायतको तीसवर्षे कालमा नेपालमा धेरै विकास भएको थियो । पञ्चायतको पछिल्लो समयमा भने पञ्चहरू भ्रष्ट हुन थाले, जसले गर्दा पञ्चायतप्रति रुष्टता शुरु भयो ।
खैर ! राजनैतिक उथलपुथलपछि अहिले देशमा गणतन्त्र आएको छ, राजसंस्था हटेको छ । तथापि, परिवर्तनपछि पनि जनता गणतन्त्रबाट वाक्क हुन थालिसकेका छन् । देशमा समय-समयमा राजनैतिक परिवर्तन अपरिहार्य छ । जनता हरेक शासन पद्धतिबाट केही समयपछि वाक्क हुनु स्वभाविक नै हो । साथै देशका नेता तथा राजनैतिक कार्यकर्ता तथा तिनका पिछलग्गुहरूको कारणले पनि हरेक शासन पद्धति शुरुवात भएको केही वर्षपछि नै जनता आजित हुन थाल्ने गर्छन्, जसले गर्दा परिवर्तन खोज्न थालिन्छ ।
त्यसो त हरेक शासनपद्धतीमा गुण र दोष दुवै हुने गर्दछ । त्यसलाई सञ्चालन गर्ने शासक वा राजनीतिकर्मीहरूको नियत गलत भइदियो भने सत्ता वा शासनपद्धति परिवर्तन हुनु कुनै आश्चर्यको घटना हुँदैन । गणतन्त्र देखेर पनि जनता आजित भएको अहिलेको अवस्थामा फेरि पनि परिवर्तन खोज्न जनता सडकमा आउनु कुनै नौलो होइन ।
प्रतिक्रिया