डा. शेखर कोइरालालाई कार्यकर्ताले पहिऱ्याए १५ किलोको फूलमाला

डा. शेखर कोइरालालाई कार्यकर्ताले पहिऱ्याए १५ किलोको फूलमाला


नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ ।

शुक्रबार (५ पुस) धनगढी विमानस्थलमा पत्रकारसँग उनहाँले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षी काम गर्नुपर्नेमा जोड दिए । “यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ, यस्तो हुनुहुँदैन”, नेता डा. कोइरालाले भने ।

पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि उनले स्पष्ट पारे ।

नेता कोइराला पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन धनगढी पुगेका हुन् । उनलाई नेता कार्यकर्ताले १५ किलोग्राम फूलको मालासहित भव्य स्वागत गरेका थिए ।

photo: rss