राष्ट्रिय ढुकुटीको दोहन नै कम्युनिस्टहरूको अभिष्ट बन्दै आएको छ । नातावाद, परिवारवाद र आफ्ना नजिक अनि गुटका नेता, कार्यकर्ता, हुक्के-बैठके र द्वारपालेलाई समेत लाभ पाउनेको सूचीमा राख्दा अनि विरासतको राजनीतिलाई बढावा दिँदा नेतृत्वको व्यक्तित्व धुमिल हुँदै पार्टीको साखसमेत गिर्न गई कम्युनिस्ट पार्टीप्रतिको आमजनको भरोशा र विश्वास टुट्दै गएको छ ।
✍ इ. महेन्द्र पराजुली
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको छ । २००६ वैशाख १० गते स्थापना भएको कम्युनिस्ट पार्टीले हीरक महोत्सवमा प्रवेश गरेको पृष्ठभूमिको सेरोफेरोमा ७५वर्षे पाको नेपाली कम्युनिस्ट आन्दोलनले धेरै आरोह–अवरोहको सामना गरेको छ । कम्युनिस्ट सिद्धान्तमा आएको मूल्य स्खलन अनि कम्युनिस्टहरूको क्रान्तिकारी छवि ढोंगी चरित्रमा परिणत हुँदै जानु, त्यस्तै गरेर आफूलाई मुक्तिकामी भन्न रुचाउने कमरेडहरू खलपात्र हुन लालायित हुनु र आफूलाई विपन्न, गरीब अनि सर्वहारा वर्गको सारथीका रूपमा परिभाषित गर्ने नेपालका कम्युनिस्टका गतिविधि ती वर्गको भन्दा धनाढ्य वर्गको हितमा लक्षित हुँदै जाँदा नेपाली कम्युनिस्ट आन्दोलनप्रति आमजनको मोह भङ्ग हुँदै गएको छ ।
हिजो एक छाक मीठो खाना अनि एक सरो राम्रो नाना लाउन धौ-धौ भएका कमरेडहरू आज विलासी जीवन बिताइरहेका छन् । हिजोका सर्वहारा कमरेडहरू शोषक, सामन्तीमा रूपान्तरिक हुँदा शोषक, सामन्ती भन्ने शब्द कम्युनिस्टहरूको डिक्स्नेरीबाट हटेको छ । कम्युनिस्टहरूमा अब पहिलाको जस्तो ऊर्जा रहेन । उनीहरूका मुद्दा पनि भुत्ते हुँदै गए । खुला राजनीतिमा आएपछि त पहिचानसमेत गुमाउँदै गए । कम्युनिस्टहरू जति बेला विद्रोह र सङ्घर्षको मोर्चामा थिए, तिनले सर्वहारा वर्गको मुद्दा उठाउँदै विपन्न, गरीब मात्र होइन, आदिवासी, जनजाति र पिछडा वर्गलाई अनेक उधारो सपना बाँड्दै तिनकै काँधमा बन्दुक राखेर, पड्काएर सत्तामा पुगेपछि कुशासनको प्रतीक र पर्याय बन्दै भ्रष्टाचारको आहालमा ‘डुबुल्की’ मार्दै आए ।
हीरक महोत्सव मनाउनु कम्युनिस्टहरूका लागि सुखद अनुभूति भए पनि नेतृत्व निरङ्कुश र तानाशाही बन्दा झोले कार्यकर्ता भने निमुखा भए । लक्षित वर्गसँगको नातासमेत टुट्दै गयो । ती वर्ग कम्युनिस्टहरुका लागि केवल भोट माग्ने भोट बैंक र सडक आन्दोलनको लागि उपयोग गर्ने बस्तुमा मात्र सीमित हुँदै गए । ‘Use and Throw’ को सिकार हुँदै गए ती वर्ग । यसैलाई ‘क्रमभङ्ग’को जामा पहिऱ्याइदिन पनि पछि परेनन् नेपालका कम्युनिस्टहरू । कम्युनिस्टहरूमा सत्तामोह यति प्यारो र जड भएर बसेको छ कि सत्ताबाहिर रहेका उनीहरू पानीबिना छट्पटाइरहेको माछाजस्तै हुन्छन् । नेतृत्वका अगाडि नेता कमरेडहरू गरुडको अगाडि सर्पझैँ बनेका छन् भने नेतृत्वको आलोचना त के, आँखामा आँखा जुधाएर आफ्ना मत राख्ने हैसियतै राख्दैनन् । शिर निहुराएर नेतृत्वको तावेदारी गर्नु अनि रक्षाकवच बन्दै प्रतिरक्षा गर्नु नै आफू सुरक्षित भएको ठान्दछन् ।
विद्रोहका नाममा तत्कालीन नेकपा मालेले झापामा ‘वर्गशत्रु सफाया’को नीति लिएर २०२७ देखि २०३२ सम्म हत्या, हिंसाको राजनीति गरे पनि ऊ असफल भयो । यहाँ स्मरणीय के छ भने, उसको विद्रोह सत्ताप्रति नभएर व्यक्तिहत्यामा सीमित रह्यो । बहुदल र निर्दलबीच २०३६ सालमा भएको जनमतसङ्ग्रहमा पञ्चायतलाई जिताउन कम्युनिस्टका केही घटकले सक्रिय भूमिका निभाउँदै पञ्चायतको पक्षमा मतदानसमेत गरे ।
राष्ट्रिय ढुकुटीको दोहन नै कम्युनिस्टहरूको अभिष्ट बन्दै आएको छ । नातावाद, परिवारवाद र आफ्ना नजिक अनि गुटका नेता, कार्यकर्ता, हुक्के-बैठके र द्वारपालेलाई समेत लाभ पाउनेको सूचीमा राख्दा अनि विरासतको राजनीतिलाई बढावा दिँदा नेतृत्वको व्यक्तित्व धुमिल हुँदै पार्टीको साखसमेत गिर्न गई कम्युनिस्ट पार्टीप्रतिको आमजनको भरोशा र विश्वास टुट्दै गएको छ । कम्युनिस्ट नेताहरूको चरित्र र वर्ग दुबै फेरिएको छ । निम्न र मध्यमवर्गीय पारिवारिक पृष्ठभूमिका लालकमरेडहरू अहिले अविभाज्य वर्गमा परिणत भएका छन् । एकथरि ‘मालिक’ र अर्कोथरि ‘दास’ वर्ग बनेका छन् ।
जग नै कमजोर अवस्थमा रही निर्माण भएको नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढ्दै जाँदा जुट्नु अनि फुट्नु उनीहरूको पुरानै रोग हो । नेतृत्व अनि नेताहरूको प्रत्यक्ष सम्पर्क आफ्ना सहयोद्धा, कार्यकर्ता र मतदातासँग नभएर उनीहरूको रोजाई बिचौलिया, दलालसँग हुने गरेका कारण कम्युनिस्ट पार्टीहरू बदनाम हुँदै गएका छन् । बिचौलिया, दलालसँग नेतृत्वको उठबस हुने मात्र होइन, तिनीहरूले शीर्ष नेताहरूका शयनकक्षसम्म सिधै पुग्ने पहुँच बनाएका छन् । नेतृत्व अपारदर्शी बन्दै गएको पृष्ठभूमिमा कम्युनिस्टहरूले लोकतन्त्रको जामा राम्ररी नै पहिरिँदै आएका छन् । अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिङ्कनले १९ नोभेम्बर १८६३ मा डेमोक्रेसीमा ‘सरकार भनेको नागरिकको हुन्छ, सरकार नागरिकहरूबाट सञ्चालित हुन्छ र सरकार जनताका लागि हुन्छ’ अर्थात् (Of the people, for the people and by the people) डेमोक्रेसीका आधारभूत गुण हुन् भनी गरेको डेमोक्रेसीको परिभाषा नेपालका कम्युनिस्टका लागि हात्तीको चपाउने नभएर देखाउने दाँतजस्तै मात्र बनेको छ ।
कानूनी राज्य र विधिको शासनप्रति प्रतिबद्ध नभएर राज्यका सबै निकाय र अङ्ग नियन्त्रण गरी सत्ता सञ्चालन गर्ने गरेका कम्युनिस्टहरूको छलाङ मार्दै साम्यवादमा प्रवेश गर्ने तत्कालको रणनीति अनि कार्यनीति दिवा सपना बन्दै लावारिस हुन पुगेको छ । नेपाली कम्युनिस्टहरू आन्दोलनकै क्रममा कमरेडहरूले कहिले कसलाई त कहिले कसलाई परस्तको बिल्ला भिराएका मात्र होइनन्, गद्दार घोषित गर्ने क्रम जारी नै छ । प्रतिशोध र निषेधको राजनीतिक कम्युनिस्ट पार्टीमा धेरै छ । अल्पमतको कदर हुँदैन भने फरक मत राख्ने कारवाहीको भागी हुने गरेका छन् । कित्ताकाट गरिएका नेता, कार्यकर्ता नेतृत्वको कोपभाजनमा पर्ने गरेका छन् । संसदीय व्यवस्था भनेको बाख्राको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो भन्ने कमरेडहरू त्यही हड्डीको टुक्रामा छिनाझपटी गरिरहेका छन् । कृत्रिम गर्भाधानबाट जन्मिएका नेपालका कम्युनिस्ट पार्टीहरू दूध नदिने थारो भैंसी अनि नब्याउने बैलो बाख्रोसरह बन्दैछन् ।
कम्युनिस्टहरूमा सत्तामोह यति प्यारो र जड भएर बसेको छ कि सत्ताबाहिर रहेका उनीहरू पानीबिना छट्पटाइरहेको माछाजस्तै हुन्छन् । नेतृत्वका अगाडि नेता कमरेडहरू गरुडको अगाडि सर्पझैँ बनेका छन् भने नेतृत्वको आलोचना त के, आँखामा आँखा जुधाएर आफ्ना मत राख्ने हैसियतै राख्दैनन् । शिर निहुराएर नेतृत्वको तावेदारी गर्नु अनि रक्षाकवच बन्दै प्रतिरक्षा गर्नु नै आफू सुरक्षित भएको ठान्दछन् ।
गोयबल्स शैली र लिनप्याओ प्रवृत्तिमा रमाउने कम्युनिस्टहरूमाझ आत्मालोचना शब्द सस्तो थियो केही दशकअघिसम्म । आत्मालोचना गरेपछि सात खुन पनि माफ हुन्थ्यो कमरेडहरूलाई । तर आज आत्मालोचना शब्द पनि कम्युनिस्टहरूको डिक्स्नेरीमा भेटिँदैन । द्वन्द्व, हत्या, हिंसामा विश्वास गर्ने कम्युनिस्टहरू विकृति र विसङ्गतिको मूल नै बन्दै आएका छन् । कानूनको सर्वोच्चताबारे एकजना अङ्ग्रेज चर्चम्यान फुलरको भनाई चर्चित छ- ‘तिमी जति माथि भए पनि कानून तिमीभन्दा सदैव माथि हुन्छ ।’ हाम्रो देशको हकमा भने जब-जब कम्युनिस्टहरूले सरकारको नेतृत्व गरे, तब-तब उनीहरूले ‘म नै राज्य हुँ’ (I am the state) भन्ने भाष्य निर्माण गरे ।
जर्मन दर्शनशास्त्री कार्ल मार्सको दर्शनबाट सङ्गठित भएका नेपालका लालसलाम कमरेडहरूले लालसलाम भन्न त छोडे नै, त्यो आयातित राजनीतिक दर्शन आज आएर कम्युनिस्टहरूका लागि बोझ बन्दै गएको छ । उच्चकोटीको राष्ट्रवादको अलाप गर्ने कमरेडहरूले नयाँ मानक बनाउँदै कहिले ‘लेफ्ट’ त कहिले ‘राईट’को चाल चल्ने, अनि कहिले ‘दक्षिण’ त कहिले ‘उत्तर’ फर्कने गरेका छन् । राष्ट्रवादको बिकाउको धन्दा राम्ररी नै चलाए कमरेडहरूले । नेपालमा कम्युनिस्टहरूको ‘वेभ लेन्थ’ रे ‘केमेस्ट्री’ कहिले कोसँग त कहिले कोसँग मिल्दै आएकोलाई उनीहरूले ‘क्रमभङ्ग’ को संज्ञा दिँदै आएका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनले जन्माएका दुई शिखर पुरुषहरूमा कमरेड पुष्पलाल श्रेष्ठ र कमरेड मदन भण्डारीलाई लिने गरिन्छ नेपालको राजनीतिक इतिहासमा । जेल-नेल नभोगेका अनि सत्ताभोग गर्न नपाएका यी दुई पात्रहरू आमजनमाझ ‘टेस्टेड’ नै हुन पाएनन् । सत्ताको बागडोर सम्भाल्न पाएको भए सायद उनीहरूलाई पनि अन्य कम्युनिस्ट शीर्ष नेतालाई लाग्ने गरेको ‘मात’ र ‘बात’ दुवै लागि उनीहरूले प्राप्त गरेको लोकप्रियताको उचाईको ग्राफ ‘डिकलाइन’ हुन कुनै बेरै लाग्दैनथ्यो । पार्टीभित्रको आन्तरिक विवादैबीच पनि कमरेड पुष्पलाल र मदनले आफूलाई अब्बल दर्जाको नेता प्रमाणित गर्दै नेतृत्व क्षमता प्रदर्शन गरेका थिए । यी दुई नेताहरूका नाम आज पनि सम्मानपूर्वक लिइन्छ नेपालको राजनीतिक इतिहासमा ।
रक्षा दलको असफल बिद्रोह प्रयासलाई सहयोग गरेको आरोपमा मातृकाप्रसाद कोइरालाले नेतृत्व गरेको सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो २००८ माघ १० गते । पार्टीमाथि लागेको प्रतिबन्ध हटाउन तत्कालीन महासचिव कमरेड मनमोहन अधिकारीले २०१३ वैशाख ४ गते एक वक्तव्य प्रकाशित गरी राजाका हजुरमा बिन्तीपत्र चढाएपछि टङ्कप्रसाद आचार्य नेतृत्वको सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटायो । राजा महेन्द्रले सैनिकबलमा ‘कू’ गरी २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गर्दै दलहरूमाथि प्रतिबन्ध लगाउँदा नेपाल कम्युनिस्ट पार्टीले राजाको कदमको स्वागत गर्दै दीपावली नै गरेको थियो । राजा महेन्द्रको ‘फुटाऊ र राज गर’ नीति अनि ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिको अनुशरण गर्दै आएका छन् नेपालका कम्युनिस्टहरूले ।
कानूनको सर्वोच्चताबारे एकजना अङ्ग्रेज चर्चम्यान फुलरको भनाई चर्चित छ- ‘तिमी जति माथि भए पनि कानून तिमीभन्दा सदैव माथि हुन्छ ।’ हाम्रो देशको हकमा भने जब-जब कम्युनिस्टहरूले सरकारको नेतृत्व गरे, तब-तब उनीहरूले ‘म नै राज्य हुँ’ (I am the state) भन्ने भाष्य निर्माण गरे ।
भारतको नक्सलवादी आन्दोलनबाट प्रेरित भएर विद्रोहका नाममा तत्कालीन नेकपा मालेले झापामा ‘वर्गशत्रु सफाया’को नीति लिएर २०२७ देखि २०३२ सम्म हत्या, हिंसाको राजनीति गरे पनि ऊ असफल भयो । यहाँ स्मरणीय के छ भने, उसको विद्रोह सत्ताप्रति नभएर व्यक्तिहत्यामा सीमित रह्यो । बहुदल र निर्दलबीच २०३६ सालमा भएको जनमतसङ्ग्रहमा पञ्चायतलाई जिताउन कम्युनिस्टका केही घटकले सक्रिय भूमिका निभाउँदै पञ्चायतको पक्षमा मतदानसमेत गरे । त्यसै कारण नेपालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि १० वर्ष कुर्नुपऱ्यो ।
२०४६ सालको दोस्रो जनआन्दोलन र २०६२/०६३ को तेस्रो जनआन्दोलन नेपाली काङ्ग्रेसको नेतृत्वमा कम्युनिस्टहरूसँगको सहकार्यमा सफल भएको थियो । यहाँ स्मरणीय के छ भने ‘प्रतिक्रियावादी राज्यसत्ता ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने नारा अघिसारी २०५२ फागुन १ गतेदेखि सशस्त्र बिद्रोह सुरू गरी १०वर्षे विद्रोहमा १७ हजार नेपाल आमाका छोराछोरीलाई बली चढाइ रगतको आहालमा होली खेलेको नेकपा माओवादी सङ्गठनात्मक र वैचारिक दुबै रूपमा खुम्चिँदै विघटनको सङ्घारमा पुगेपछि नै संसदीय राजनीतिमा प्रवेश गरेको थियो । यसअघि राजा र माओवादी एकअर्काको स्वार्थ मिलुञ्जेल दुई बन्दुकबीच कार्यगत एकता भए पनि स्वार्थ बाझिएपछि माओवादी संसदवादी दलहरूसँग मिल्न बाध्य भएको थियो ।
नेकपा एमाले र नेकमा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी गठन भए पनि लोकप्रिय मतको आधा हिस्सा ओगटेको नेपाल कम्युनिस्ट पार्टी छोटो समयमा पुनः विभाजित भयो । यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई धक्का मात्र लागेन, नेपाली कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्न पुग्यो । कम्युनिस्ट पार्टीहरू ‘रेड जोन’ मा प्रवेश गरे । निर्णायक शक्ति रहँदै आएका देशका जेठा अनि ठूला पार्टि कमजोर हुनु भनेको लोकतन्त्र नै कमजोर हुनु हो । चेतना भया ।
प्रतिक्रिया