किसुनजीको बाटो अनुशरण गर्न आग्रह

किसुनजीको बाटो अनुशरण गर्न आग्रह


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्तनेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्म जयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्वर्गीय नेताहरूले देखाएको बाटो अनुसरण गर्ने सङ्कल्प गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘किसुनजी लगायतले जुन बाटो देखाउनुभएको छ, त्यो बाटोमा हिँड्न सक्नुपर्छ र हामी हिँड्छौँ भन्ने सङ्कल्प लिन्छौँ ।’

उहाँले प्रजातन्त्रका आधारभूत कुराहरूलाई नछाडी नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । प्रजातन्त्रका आधारभूत न्यूनतम कुराहरूलाई साथ लिएर अगाडि बढे मात्रै कांग्रेस गन्तव्यमा पुग्ने उहाँले जिकिर गर्नुभयो ।

photo: rss