करेन्ट लागेर श्रीलङ्कामा वर्षदिनभित्र ५० जङ्गली हात्तीको मृत्यु

करेन्ट लागेर श्रीलङ्कामा वर्षदिनभित्र ५० जङ्गली हात्तीको मृत्यु


श्रीलङ्कामा यो वर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) जनाएको छ ।

सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ ।

यस अवैध कार्यको सम्बन्धमा पहिले नै धेरै उपयुक्त कदमहरू चालेको सीईबीले जङ्गली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा गरेको छ ।

श्रीलङ्कामा सन् २०२३ मा ९० जङ्गली हात्तीको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।