अजरबैजान एयरलाइन्सको एक यात्रुवाहक विमान कजाकिस्तानको अक्ताउ शहरमा दुर्घटनामा परेको छ । विमानमा यात्रु र चालकदलका सदस्य गरी ६७ जना सवार रहेका बताइएको छ ।
कजाकिस्तानको आपतकालीन मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार विमानमा सवार २५ जना यात्रुहरू जोगिएका छन्, जसमध्ये २२ जनालाई अस्पताल लगिएको छ।
अवतरण गर्ने क्रममा विमानमा आगो लागेको थियो । दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए ।
समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एयरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो। तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।
प्रतिक्रिया