दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ सदस्यसहित १८१ जना सवार रहेको जेजु एयरको बोइङ-७३७ विमान आज (१४ पुस) बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।
योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर विमान पर्खालमा ठोक्किएको थियो ।
हालसम्म दुई जनाको जीवित उद्दार गरिएको र उद्दार कार्य जारी रहेको बताइएको छ ।
दुर्घटनाको अनुसन्धान थालिएको त्यहााको यातायात मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया