इतिहास अध्ययनको शैली र प्रवृत्ति

इतिहास अध्ययनको शैली र प्रवृत्ति


मानव प्राणी जगत्मा पशुभन्दा अलग हो र पृथक हुन्छ । तर मानव विकासमा आधारभूत गास, बास र कपासका साथै आय, आर्थिक वृद्धि, आर्थिक विकासको साथै औसत आयुलाई जीवनशैली मापनअनुसार दीर्घजीवन हुनेगरी सापेक्ष रुपमा बढाउन चाहेको हुन्छ । विकासको परिभाषा अहिले बहुआयामिक अर्थमा परिभाषित हुन थालेको छ । मानिस निरन्तर खोज अनुसन्धानमा लागिरहने प्राणी भएकाले खोजको क्षेत्र अनुकरणीय रहेको छ । सुख र आनन्द प्राप्तिको खोजीमा लागिरहने मानव कुनै खोज र विकास विनाश तथा सर्वनाशको प्रबल जोखिममा विश्वलाई मानवले नै विकासका नाममा निर्माण गरेको अणुबम, एटमबमको तीव्र विकासले पृथ्वीलाई दर्जनौँपटक क्षति गर्नसक्ने प्रविधिको सञ्चित गरेर राखेको छ । सकारात्मक सोच र शैलीको विकासका लागि अभियान चलाउँदै गर्दा समेत स्वचालित रुपमा नकारात्मक सोच र शैलीको दबदबा मानव जीवनमा निरन्तर आइरहेको छ ।

मानवजातिमा घटेका घटनाहरुको वैज्ञानिक कथन नै इतिहास हो । मानव वर्तमानमा रहन्छ र उसले भविष्यका लागि योजना तर्जुमा गरी अध्याँरोबाट उज्यालोतिर लम्कन्नका लागि प्रत्यन रहने गरी क्रियाशील रहन खोजेको मानवले जानेर वा नजानेर इतिहास निर्माण गरिरहेको हुन्छ । बोधगम्य र अबोध घटनाहरु श्रृङखलामा नरहेको भए पनि मानिसका लागि इतिहास रहेको हुन्छ । इतिहासले संसारमा भएका घटनाहरु जान्न सहयोग गर्दछ । इतिहास सामूहिक अनुभवहरुको स्रोत हो । कतिपयले इतिहास एक प्रकारको जितको परिणाम आउने प्रयोगशाला पनि भन्ने गर्दछन् । हारको परिघटनाहरुको समेत थोरै मात्रामा लेखन र अभिलेखीकरण तरिकाले व्यवस्थापन गरिएको हुन्छ । इतिहासले मानिसलाई समाज बुझ्न मद्दत गर्दछ ।

इतिहास हरेक मानवका लागि प्ररेणाको स्रोत हुन सक्दछ । संसारमा भएका विभिन्न प्रकारका वैज्ञानिक तवरले प्रमाणित संस्कृतिहरु चिन्ने र बुझ्ने हुँदा यसबाट दैनिक जीवनमा अवलम्बन गर्ने आधारहरु प्राप्त हुन्छ । इतिहास दोहोरिन्छ भन्ने मान्यता बमोजिम बुद्धिमानीपूर्वक अवसर र मौकालाई छनोट गर्न अनुमति दिई प्रगतिशील अग्रगामी निर्णय गर्न सहयोग गर्दछ । यसले विभिन्न कालखण्डमा भएका परिर्वतन बुझ्न सघाउँदै नवीन परिवेशको वातावरण अनुकूल हुने गरी समायानुकल गराउँछ । विगतमा समाजभित्र भएका हत्या, आतङ्क, चोरी, डकैती, पाशविक घटनाहरुलाई तिलाञ्जलि दिँदै नैतिक जिम्मेवारी अभिवृद्धि गरी सभ्य समाज निर्माण गर्नमा सहयोग गर्दछ ।

शिक्षित समाजमा कि अशिक्षित समाजमा जीवनयापन गरेको छ भन्ने बारेमा निर्धारण र छनक प्रदान गरि असल र खराबको पहिचान बनाउन पनि इतिहासको अध्ययनबाट थाहा हुन्छ । मानिसको व्यक्तित्व विकासका लागि बहुआयामिक क्षेत्रमा पहुँच बढाउन लागि क्षमता विकास गर्ने आधारहरु प्रशस्त मात्रामा इतिहासले जगको रुपमा आधार प्रदान गर्दछ । इतिहास ज्ञान, विज्ञान, साहित्य, शिल्प र शास्त्रहरुको समग्र जग हो । इतिहासले कहिल्यै नदेखेको, नसुनेको, नछामेको र नछोएको कुराको बारेमा सोच्न सहज र सजिलो बनाई आत्मविश्वासका साथ विश्व बजारमा प्रतिस्पर्धा गर्न लायक क्षमता प्रदान गर्दछ । मानवमा कल्पनाशीलताको विकास र त्यसलाई सञ्चार गर्नसक्ने सीप तथा प्रविधिको विकासमा टेवा दिएको हुन्छ ।

शिक्षाबिनाको मानव अहिले कल्पनासमेत गर्न सकिदैन । ज्ञानबिनाको मानिस पशुसरह हुन्छ । विश्वव्यापीकरणको बढ्दो प्रभाव र प्रयोगले थोरै प्रयोगमा आउने भाषा, जातजातिलगायतका पहिचानको अस्तित्वमा दिन प्रतिदिन हस आएको छ । स्वचालित प्रणालीको विकासले मानवलाई इ-बुक, इ-लाइब्रेरी, डिजिटल विकासले मानवमा विगतका अभ्यासलाई परिष्कार गर्नमा दबाब दिएको छ । कृत्रिम बौद्धिकताको विकास, च्याट जिपिटी, मेटाफर्सलगायतको तीव्र विकासले मानवमा असामाजिकतातर्फ उन्मुख भएको त होइन भन्ने आभास पनि हुने गरेको छ । ज्ञान लिनका लागि निरन्तर रुपमा अरुभन्दा प्रतिस्पर्धामा अगाडि उभिनका लागि स्वचालित रुपमा लागेको पाउन सकिन्छ । मानव जाति आफूसँग भएको वस्तुमा सन्तोष मानेर वा थकाई मारेर विल्कुल बस्न जानेको छैन । त्यसैले वैज्ञानिक अनुसन्धानको लागि मानिस अतृप्त ज्ञानको लागि अध्ययन गर्ने शैलीमा गुगल सर्चको हाबी हुँदै गएको पाउन सकिन्छ । शिक्षाको सिकाइ जीवनपर्यन्त रुपमा सिकिरहने वातारण निर्माण गरी सोहीबमोजिम आधुनिक र समयानुकूल शैली खोजी र अनुसन्धानमा लाग्नमा लागि महत्वपूर्ण रहेको छ ।

आमसञ्चारमा सूचना र प्रविधिको विकासले छप्पक छोपेको समयमा अध्ययनशैलीलाई सकारात्मक सोचले ओतप्रोत बनाई समाज परिवर्तनका लागि आधारस्तम्भका रुपमा अगाडि बढाउन जरुरी छ । सूचना प्रवाहको बाढीले अनावश्यक योजनाविहीन सूचना र जानकारीले ग्रस्त हुँदा भविष्यमा काम लाग्ने भन्दा सूचनाको फोहोर निर्माण भई त्यसको खाडलमा युवा जमात पर्न गएको छ । नकारात्मक प्रभाव र दबाब पार्ने शैलीमा भाइरल प्रवृत्तिका कारण गुणात्मक र ज्ञानवर्द्धक शिक्षाप्रद क्षेत्र ओझेलमा परेको हो कि भनेर समयसमयमा छलफल र अन्तरक्रियाहरु पनि हुने गरेको छ । यसलाई विद्धत वर्गमा मात्र छलफल सीमित नराखी बस्ती बस्ती र जनजनको मष्तिकमा आभास दिलाउन जरुरी छ ।

संसारसहित ब्रहाण्डको छिटो र सरल तरिकाले जानकारी लिन मानिसलाई छिटो अवसर प्राप्त भएको छ । विश्वको बारेमा अध्ययन गर्न मानिसका लागि सानो हुन गएको छ । हिजोका दिनमा पाठशाला, कचहरी, धर्मशाला, विद्यालय, विश्वविद्यालयमा हुने शिक्षणका विधिमा समेत आजभोलि समाज कृत्रिम बौद्धिकताको प्रभाव र मेटार्फस विधिको उपयोग गर्नमा खोज अनुसन्धान र विकास विस्तारमा अहोरात्र लागेको छ । शिलालेख, मूर्ति निर्माण, पर्चा, पोष्टर, भित्तेपात्रो, आमसभा, हडताल, जुलुस, व्यानर, भित्तेलेखन, घुमन्ते गायकका माध्यमबाट समाजमा सूचना आदानप्रदान हुने गर्दथ्यो तर आज सामाजिक सञ्जालबिनाको प्रचारप्रसार र शिक्षाको प्रभावलाई सजिलो बनाई कम्प्युटर, ल्यापटप, मोबाइल, टयाब्लेटलगायतका सामग्रीबाट सहज रुपमा हासिल गर्न सकिन्छ । अहिले मानिसको रोजगारी खोस्ने र सिर्जनात्मक कार्यशैलीमा हस हुने गरी कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगले सिकाइलाई सर्वसुलभ बनाए पनि मानिसको दैनिक व्यवहारमा हुनु पर्ने क्रियाशीलतामा न्यूनीकरण भई नसर्ने रोगहरुको प्रभावमा मानिसहरु पर्ने गरेको छ ।

स्मरण शक्तिमा अनावश्यक सूचनाले तनावमा परी मानिस डिप्रेशनको शिकार हुने गरेको छ । उच्च मनोकाक्षा बढेर जाँदा जीवनमा सङ्घर्ष र कठोरताको सामना गर्नुपर्छ भन्ने ज्ञानको भौतिक रुपमा मानव समाजको विकास गर्नबाट विमुख भएकाले आत्महत्याको दुरुत्साहनको सङ्ख्या दैनिक रुपमा बढेको देखिन्छ । आत्महत्याको बढ्दो प्रवृत्तिलाई न्यूनीकरण गर्न सूचना प्रविधिको विकासको सकारात्मक पक्षलाई जनजनमा अनुभूत गराउने अभियानको खाँचो छ । सूचना शक्तिको हो । सूचनाबिना विश्वको ज्ञान, अध्ययन गर्ने अर्को माध्यम छैन । तर साइबर अपराधको बढ्दो विकासले स्वच्छ वातावरणयुक्त मष्तिकलाई तनावतर्फ दोहोऱ्याउने विकृत सामग्रीहरु प्रविधिका माध्यमबाट सर्वसुलभ हातहातमा उपलब्ध भएको छ । यसले भोलिका कर्णधार बालबालिकादेखि र ऊर्जावान युवाका लागि विष पिएसरहको नोक्सानी गरेको छ । तसर्थ ज्ञानहरुलाई बैज्ञानिक तरिकाले संग्रह गरी भावी पुस्तालाई कुलत, कुरीति, कुचलन, कुसंस्कारबाट विमुख गराई समुन्नत र समृद्धितर्फ निरन्तर डोऱ्याउनुपर्ने अवस्था आएको छ ।

संसार सूचना र प्रविधिको विकासले ज्ञानमा आधारित समाज विश्वव्यापीकरण बनेको छ । सूचना प्रविधिमैत्री वातारण निर्माण गरी सहज र सङ्ग्रह गरी भावी पुस्ताका लागि सुमार्गमा डोऱ्याउनेतर्फ प्रयास हुनुपर्दछ । समाज विज्ञानका हरेक पक्षका सामाग्रीहरु जस्तै वातावरण, राजनैतिक, सामाजिक, भूगोल, गणित, विज्ञान, इतिहास, अर्थशास्त्र, व्यवस्थापन, साहित्य, भाषा, पत्रकारिता, कला, स्वास्थ्यलगायत पूर्वाधार विकासका लागि फराकिलो सोचका साथ गाउँ समाजमा नै बस्ने आधार निर्माण गर्न बहस र पैरवी चलाउन आवश्यक छ । हरेक मानिसले जीवनपर्यन्त सिकाइको शैली अनुशरण गर्ने संस्कार सुक्ष्मरुपमा भए पनि सुरुआत गर्न जरुरी छ ।