प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता : एमालेको पछिल्लो राजनीतिक गतिविधिबारे छलफल

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता : एमालेको पछिल्लो राजनीतिक गतिविधिबारे छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार (१८ पुस) उहाँको निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीका अनुसार करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।