एबरडिनमा नेपाली नयाँ वर्षको धुमधाम

एबरडिनमा नेपाली नयाँ वर्षको धुमधाम


998219_404645139645184_335350239_n-1स्कॉटलैंड, बेलायत । बिदेशको बसाई भए पनि नेपालीहरु आफ्नो पनमा रमाउन निकै सिपालु छन्। हरेक चाडपर्व रीती र समयमा नेपालीहरुले नेपालको झल्को दिनेगरी आफ्ना गतिबिधिहरु बिदेशी भूमिमा पनि देखाउने गर्दछन्। बिदेशमा जहां जहां नेपाली छन् ती ठाउँहरु प्रायमा नयाँ बर्षको आगमन सँगै बिभिन्न नेपाली संघसंस्थाले आफ्ना गतिबिधिहरु बढ़ाऊन थालेका छन्। संभव भएसम्म संघ संस्थाहरु नेपालबाटै कलाकार मगाउन लागि पर्छन्। त्यों नभए आफ्नै स्थानीय कलाकारहरुको साथमा भए पनि कार्यक्रमलाइ बढ़ी पभावकारी बनाउने कोशिशमा सबै लागेका हुन्छन्। यतीबेलाको मौषम भने जतासुकै नयाँ बर्षको शुभकामना कार्यक्रमले रंगिनथालेको छ।

यस्तै मौषमको कार्यक्रम लंदनदेखि सुदूर उत्तरमा रहेको बेलायतकै अर्को राज्य स्कॉटलैंड को तेस्रो ठूलो एबं यूरोपको तेलको राजधानी भनेर चिनिने शहर एबरडीनका नेपालीहरुले पनिधुमधामका साथ मनाए। यस्तै मध्यको नयाँबर्ष द्दण्ठद्द को शुभकामना साँझ कार्यक्रम नेपालीज हिमालयन एसोसिएशन स्कॉटलैंडले यही ज्ञण् अप्रैल शुक्रबारको साँझ बिभिन्न गतिबिधिहरुकासाथ मनायो। कार्यक्रममा नेपालीहरुलाई शुभकामना दिन स्कॉटलैंड र बेलायतको संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका स्थानीय सांसदहरु पनि अतिथिको रुपमा सहभागी भएका थिए। कार्यक्रममा लेबर पार्टीका सांसद रिचार्ड बेकरले नेपालीहरुको बसोवासले स्थानीय सहरलाई बेलायती सरकारको नति अनुसार बहुभाषिक एबं बहुसांस्कृतिक शाहरको रुपमा बिकास गर्न थप टेवा मिलेको कुरा ब्यक्त गरेका थिए। उनले नेपालीहरुको इमान्दारिता र बिश्वसनियता संसार भरि प्रशंशा गर्न लायक भएको र नेपालीहरुले यस प्रति गर्व गर्नुपर्छ भनी स्थानीय नेपालीको गुणगान गायक थिय। यसै गरी स्थानीय सिटी कॉउन्सिल एबरडीनका नगर प्रमुख जॉर्ज एडमको सहभागिताले एबर्डीनमा बसोवास गर्ने नेपालीहरुको महत्व स्थानीयवासीहरुका लागि पनि रहेको झल्कन्थ्यो। जॉर्ज एडमले एबरडीन सिटी कॉउंसिल नेपालीहरुलाई पर्ने समस्या समाधानका लागि सँधै सहयोगिको भूमिकामा रहने र आवस्यक पर्ने सहयोगका लागि संपर्क गर्न समेत नयाँ बर्षको शुभकामना दिने क्रममा बताए। गैह्र आवसीय नेपाली संघ बेलयतका सभापति महेन्द्र कंडेलले संस्थाले गरेका कार्यक्रमहरूमा आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने र स्कॉटलैंडवासीसँग हातेमालो गर्न सँधै तैयार रहेको जानकारी गराए।

कार्यक्रममा अतिथिहरुलाई पूर्व गोर्खा नरजंग गुरुंगले खादा लगाईदिएर सम्मान गरेका थिए। उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण नेपाली युवा पत्रकारहरुबाट संचालित एफ एम रेडियो राइनो www.radiorhino.net/live ले बेलुकि 0830 बजेदेखि गरेको थियो। तर प्राविधिक गड़वड़ीका कारण पूरै कार्यक्रम प्रसारण गर्न भने सकेन।

received_744279759024603नेपालीहरु जहाँ भए पानी आफ्नो रहन सहन संस्कार र परंपरालाई बिदेशी भूमिमा जोगाइराख्न सँधै तत्पर रहन्छन् भन्ने कुरा बिदेशमा गरिने यस्ता कार्यक्रमहरुले दिने गरेको छ। भाषा भेष र आफ्नोपन भन्ने कुरा बिदेशी भूमिमा बसेपछि बढ़ी महशुश हुने रहेछ। बिदेशमा जन्मिएका केटकेटीहरुलाइ पश्चिमा संस्कारले समाय पनि आफ्नो रीती रिवाजहरुमा पनि उत्तिकै रामाएको पाईयो। समय समयमा हुने नेपाली समुदायका यस्ता कार्यक्रमहरुले भावी सन्ततिका लागि एउटा सांस्कृतिक मार्ग दर्शक भने बन्नेछ। स्कॉटलैंडको स्थानीयस्तरमा राम्रो प्रभाव राख्ने नेपाली गैह्र सरकारी संस्था नेपालीज हिमालयन एसोसिएशनले सधैँका बर्षहरुमा झैँ यसपटक पनि नयाँ वर्षको शुभकामना कार्यक्रम राखेको थियो। कार्यक्रममा संस्थाको तर्फवाट अतिथि एबं स्थानीय नेपालिहरुलाई सचिव मीन भट्टले स्वागत गरेका थिए भने अर्का कार्यकारी सदस्य पूर्व गोर्खा मीन गुरुङ्गले नया वर्षको शुभकामना दिएका थिय। टक थापाको सभापतित्वमा दुई चरणमा संपन्न उक्त कार्यक्रमको सांगीतिक कार्यक्रमको संयोजन संस्थाका सदस्य तथा पत्रकार शिव तिवारीले गरेका थिए। स्थानीय कलाकारहरु आद्या रेग्मी, कला(कीर्ति हुमागाइं, ऋतिका बानिया, सुआर्जन भट्टराई, हरी कंडेल, अंशु भंडारी प्रकृति भट्टले बिभिन्न सांगीतिक प्रस्तुति दिएका थिए। संस्थालाई आर्थिक एबं भौतिक सहयोग गर्ने बिभिन्न व्यवशाय र पेशामा संलग्न व्यक्तित्वहरु एबं स्थानीय कलाकारहरुलाई प्रशस्तीपत्र प्रदान गरिएको उक्त कार्यक्रमको संचालन तोया सापकोटा र माधब रेग्मीले गरेका थिए।
received_744282045691041
10295660_708290599280635_7962081499455894306_n
received_744281532357759
received_744281549024424
received_744278065691439

माधव रेग्मी, स्कॉटलैंड।