सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड

सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड


उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका नेता सिंहले आज (२० पुस) महोत्तरीको बर्दिवासमा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको उल्लेख गरे भने संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने धारण राख्दै भने, ‘यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ, वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आश जागेको छ ।’ साथै उनले पार्टी कार्यकर्तालाई ऊर्जावान् भएर सङ्गठन विस्तारमा लाग्न आग्रह पनि गरे ।

file photo: rss