क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिको र आफ्ना अर्थमन्त्रीको अचानक बिदाइले सरकारभित्र बढ्दो उथलपुथलको सङ्केत मिलेपछि राजीनामा घोषणा गरेका छन् ।
ट्रुडोले ‘आन्तरिक लडाइँ’को अर्थ आफू अर्को चुनावमा ‘उत्तम विकल्प हुन नसक्ने’ बताएका छन्, र लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री पदमा रहने जनाएका छन् ।
यस मामिलाबारे जानिफकार एक अधिकारीले जनवरी २७ मा पुनः सुरु हुन लागेको संसद् मार्च २४ सम्म स्थगित हुने बताएका छन् । यस परिस्थितिले लिबरल पार्टीको नेतृत्व प्रतिस्पर्धाको लागि अवसर दिने बताइएको छ ।
क्यानडाका तीनवटै मुख्य विपक्षी दलले संसद् पुनः सुरु हुँदा अविश्वास मतमार्फत लिबरल पार्टीलाई हटाउने योजना बनाएको जनाइएको छ ।
कन्जर्भेटिभ पार्टीको १० वर्षको शासनपछि ट्रुडो सन् २०१५ मा सत्तामा पुगेका थिए भने सुरुमा देशलाई उदार अतीतमा फर्काएकोमा उनको प्रशंसा गरिएको थियो । तर क्यानाडाका सबैभन्दा प्रसिद्ध प्रधानमन्त्रीहरूमध्ये एकका ५३ वर्षीय वंशज रहेका ट्रुडो खाद्यान्न र आवासको बढ्दो मूल्य तथा बढ्दो आप्रवास लगायतका विभिन्न मुद्दामा पछिल्ला वर्षहरूमा मतदाताहरूमाझ अत्यन्त अलोकप्रिय बनेका थिए ।
ज्ञातव्य छ, राजनीतिक उथलपुथल क्यानाडाका लागि अन्तर्राष्ट्रिय रूपमै कठिन परिवेश बनिरहेको छ भने अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिकामा आप्रवासी र लागूपदार्थको प्रवाह नरोकिए सबै क्यानाडाली सामानहरूमा २५ प्रतिशत भन्सार महसुल लगाउने धम्की दिएका छन् ।
प्रतिक्रिया