नेपाल एकीकरण गर्ने गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपालको नाम गोर्खा राखेनन्, जबकि विश्वमा नेपाललाई गोर्खा सैनिकका कारणले चिनेको थियो । त्यतिखेर शक्तिशाली देशहरूले पराजितहरूलाई उपनिवेश बनाउने चलन थियो, तर पृथ्वीनारायण शाहले कसैलाई दास बनाएनन्, पराजित राज्यलाई उपनिवेश बनाएनन् । आफ्नो जन्मथलो र गोर्खा नामलाई बिर्सेर भए पनि एकीकृत देशलाई ‘नेपाल’ नाम दिए ।
✍ नरोत्तम श्रेष्ठ
हामी नेपाली एकदमै भाग्यमानी ! पृथ्वीनारायण शाहले विशाल नेपाल एकीकरण गर्दा अमेरिका जन्मेकै थिएन । जर्मनी एकीकृत भएकै थिएन । मार्क्स र लेनिनको अस्तित्व नै थिएन । भारत, पाकिस्तान, बङ्गलादेश देश बनेकै थिएनन् । नेपाल प्राचीन कालदेखि अस्तित्वमा रहेको मुलुक हो । हामी संसारको सबैभन्दा वरिष्ठ मानव हौँ । हामी संसारको सबैभन्दा वरिष्ठ एकीकृत राष्ट्रका बासिन्दा हौँ ।
इतिहासले हरेक पुस्तालाई केही न केही योगदान गर्ने अवसर प्रदान गरेको हुन्छ । भलै त्यो अवसर सदुपयोग गर्ने कि नगर्ने, त्यो व्यक्तिको इच्छाशक्ति र लगनशीलतामा निर्भर गर्दछ । इतिहासले हाम्रो यस पुस्तालाई देश बचाउने अवसर प्रदान गरेको छ । पृथ्वीनारायण शाहको पालामा भने देश बनाउने अवसर प्रदान गरेको थियो, जुन उनले अत्यन्त समय सान्दर्भिक रूपमा पूर्ण गरे । नेपाल एकीकरण गर्ने गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपालको नाम गोर्खा राखेनन् । जबकि विश्वमा नेपाललाई गोर्खा सैनिकका कारणले चिनेको थियो । त्यतिखेर शक्तिशाली देशहरूले पराजितहरूलाई उपनिवेश बनाउने चलन थियो । तर पृथ्वीनारायण शाहले कसैलाई दास बनाएनन्, पराजित राज्यलाई उपनिवेश बनाएनन् । सबैलाई यथोचित अधिकार दिए । आफ्नो जन्मथलो र गोर्खा नामलाई बिर्सेर भए पनि एकीकृत देशलाई ‘नेपाल’ नाम दिए ।
पृथ्वीनारायण शाह युद्धमा आफैं होमिन्थे । आफ्नै भाइ सुरप्रताप शाहको युद्धमै आँखा फुटेको थियो । शक्तिशाली बेलायतलाई सिन्धुलीगढिमा र बङ्गालको नवाबलाई मकवानपुर गढीमा पराजित गरी गोर्खाली सेनालाई मजबुत बनाएका थिए । देशको सिमाना समुद्रसम्म पुऱ्याउने सपना उनले पूरा गर्न नपाउँदै अल्पायुमै देहत्याग गरे । देशले भोगेको तमाम विषाद र अवसादका बाबजुद पृथ्वीनारायण शाहकै कारण नेपालले आजसम्म आफ्नो अस्तित्व जोगाएको छ । संसार निल्न उद्यत् शक्तिहरूलाई पराजित गरी देशलाई गौरवपूर्ण स्थितिमा पुुऱ्याउन पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ ।
१. दिव्योपदेशको ऐतिहासिक पृष्ठभूमि
पृथ्वीनारायण शाह (वि.सं. १७७९-१८३१) को ‘दिव्योपदेश’ एक अनुपम र ऐतिहासिक दस्तावेज हो जसमा उनले नेपालको राजनीतिक, सांस्कृतिक, सामाजिक र भूराजनीतिक अवस्थाबारे महत्वपूर्ण मार्गनिर्देशन दिएका छन् । उनले आफ्नो जीवनको अन्तिम समयमा नुवाकोटको देवीघाटमा दिव्योपदेश दिएका थिए । यो समय नेपाल राजनीतिक अस्थिरता, विदेशी हस्तक्षेपको जोखिम र आन्तरिक विभाजनको अवस्थामा थियो । विभिन्न सानासाना राज्यहरू बीचको खिचातानीले मुलुक कमजोर बनेको थियो, जसलाई विदेशी शक्तिहरूले आफ्नो स्वार्थमा प्रयोग गर्न खोजिरहेका थिए । त्यस्तै, भारतमा ब्रिटिश इस्ट इन्डिया कम्पनीको विस्तार र चीनको प्रभावले नेपालमाथि भूराजनीतिक दबाब बढिरहेको थियो ।
यस अवस्थामा पृथ्वीनारायण शाहले नेपालको राष्ट्रिय एकता र आत्मनिर्भरताको आवश्यकता महसूस गरे । उनले दिव्योपदेश मार्फत नेपाली जनतालाई आत्मनिर्भर बन्न र आफ्नो संस्कार, धर्म र पहिचानको रक्षा गर्न प्रेरित गरे । उदाहरणका लागि ‘नेपाल दुई ढुङ्गा बीचको तरुल हो !’ यो वाक्यांशले नेपाललाई दुई शक्तिशाली छिमेकी राष्ट्रहरू भारत र चीनको बीचमा रहेको संवेदनशील भूराजनीतिक अवस्थालाई प्रतिबिम्बित गर्छ । तत्कालीन समयमा भारतमा ब्रिटिश इस्ट इन्डिया कम्पनीले आफ्नो प्रभुत्व विस्तार गरिरहेको थियो भने चीनको साम्राज्यवादी नीतिले पनि दक्षिणतर्फको भूभागमा आफ्नो पकड जमाउने प्रयास गरिरहेको थियो । यस अवस्थामा नेपालले यी दुई शक्तिबीच सन्तुलन कायम गर्न आवश्यक देखियो । पृथ्वीनारायण शाहले यस वाक्यांशमार्फत नेपाललाई कुनै पनि विदेशी शक्तिको प्रभावमा नपर्न सचेत गराएका हुन् । उनले नेपाललाई आत्मनिर्भर र आत्मसम्मानयुक्त बनाउँदै परराष्ट्र नीतिमा विवेकशील हुन प्रेरित गरे । नेपाललाई एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा टिकाइराख्न यो सोचले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
दिव्योपदेश दिने समयमा नेपालमा सामाजिक समस्या पनि जटिल थियो । विभिन्न जातजाति र धर्महरूको बीचमा आपसी असहमति र विभाजनको स्थिति थियो । पृथ्वीनारायण शाहको ‘चार वर्ण छत्तीस जातको फूलबारी’ वाक्यांशले नेपालको सामाजिक विविधता र सहअस्तित्वलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ । तत्कालीन समयमा नेपाल विभिन्न जातजाति, धर्म र संस्कृतिहरूको संगमस्थल थियो । पृथ्वीनारायण शाहले यस धारणा प्रस्तुत गर्दा सबै समुदायलाई समान सम्मान र अवसर दिनुपर्ने कुरा औंल्याएका थिए । उनले समाजमा जातीय भेदभावको अन्त्य गर्न र सबै जातलाई समान दृष्टिले हेर्न प्रेरित गरेका थिए । यो वाक्यांशले सामाजिक समताको सिद्धान्तलाई बलियो बनाउँदै सबै वर्ग, जात र धर्मलाई एउटै फूलबारीको रूपमा चित्रण गर्छ, जहाँ प्रत्येक फूलको आफ्नै सुगन्ध र सौन्दर्य हुन्छ । यसले सहिष्णुता, आपसी सम्मान र एकतामा विविधताको महत्त्वलाई प्रस्ट्याउँछ ।
यो उपदेशले नेपालको एकीकरण अभियानलाई मात्र सशक्त बनाएको होइन, अपितु यसले नेपाली जनतालाई आफ्नो सांस्कृतिक र सामाजिक पहिचानप्रति गौरवान्वित हुन पनि प्रेरित गरेको छ । उनले भनेका थिए, ‘धर्म बिग्रिए देश बिग्रन्छ ।’ यसले नेपाली समाजमा नैतिकता र सांस्कृतिक मूल्यहरूको संरक्षणको महत्त्वलाई स्पष्ट पार्छ । यसरी, दिव्योपदेशले नेपालको सामाजिक र भूराजनीतिक संरचनालाई दीर्घकालीन रूपमा प्रभावित गरेको छ ।
२. दिव्योपदेशको साहित्यिक विशेषता
दिव्योपदेशले पृथ्वीनारायण शाहलाई केवल एक ‘राजनेता’ मात्र नभइ एक ‘साहित्यकार’को रूपमा पनि प्रस्तुत गर्छ । उनले आफ्नो उपदेशहरूमा विभिन्न साहित्यिक उपकरणहरूको प्रयोग गरेर गहिरो सन्देश व्यक्त गरेका छन् । उपमा, रूपक र सूत्रात्मक वाक्यहरूको प्रभावकारी प्रयोगले दिव्योपदेशलाई नेपाली साहित्यमा एक विशिष्ट स्थान दिलाएको छ ।
उपमा र रूपकको प्रयोग दिव्योपदेशको प्रमुख साहित्यिक विशेषता हो । उदाहरणका लागि ‘नेपाल दुई ढुङ्गा बीचको तरुल हो’ भन्ने वाक्यांशले नेपालको भूराजनीतिक अवस्थालाई रूपकको माध्यमबाट स्पष्ट पार्छ । यसले नेपाललाई दुई शक्तिशाली छिमेकी राष्ट्रहरू भारत र चीनको बीचमा रहेको संवेदनशील अवस्थालाई चित्रण गर्दै सन्तुलित कूटनीति अपनाउनुपर्ने आवश्यकतालाई औंल्याउँछ । त्यस्तै, ‘भाइ फुटे गँवार लुटे’ भन्ने वाक्यले सामाजिक एकताको महत्त्वलाई काव्यात्मक रूपमा व्यक्त गर्छ । यसले विभाजनको खतरालाई सङ्क्षिप्त तर सशक्त रूपमा प्रस्तुत गरेको छ ।
त्यस्तै, दिव्योपदेशमा प्रयोग भएका सूत्रात्मक वाक्यहरूले साहित्यिक गहनतम थप गरेका छन् । उदाहरणका लागि ‘धर्म बिग्रिए देश बिग्रन्छ’ भन्ने वाक्यले समाजको नैतिक पतनले राष्ट्रलाई कमजोर बनाउने विचारलाई अभिव्यक्त गर्छ । यसले पृथ्वीनारायण शाहको साहित्यिक सोचमा धार्मिक र नैतिक मूल्यहरूको महत्त्वलाई देखाउँछ । त्यस्तै, ‘मूर्ख राजा हुँदैन, मूर्ख दरबारदार हुन्छन्’ भन्ने वाक्यले नेतृत्व र सही सल्लाहकारहरूको महत्त्वलाई प्रस्ट्याउँछ । यो वाक्यांशले शासकले विवेकशील निर्णय लिन सक्षम हुने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।
दिव्योपदेशका यी साहित्यिक उपकरणहरूले तत्कालीन समाजमा गहिरो प्रभाव पारेका थिए । सामाजिक सहिष्णुता र एकताको भावना विकसित गर्न यी वाक्यांशहरूले मार्गदर्शन मात्र गरेनन्, दीर्घकालीन रूपमा नेपाली समाजलाई नैतिकता र एकताको मार्गमा अघि बढ्न प्रेरित गरे । उदाहरणका लागि ‘चार वर्ण छत्तीस जातको फूलबारी’ भन्ने वाक्यले सामाजिक विविधतालाई रूपकको माध्यमबाट काव्यात्मक रूपमा प्रस्तुत गरेको छ । यो वाक्यले समाजको विविधतालाई एउटा साझा बगैँचाको रूपमा चित्रण गर्दै सहिष्णुता र सहअस्तित्वको भावना प्रबद्र्धन गरेको छ ।
दिव्योपदेश दिने समयमा नेपालमा सामाजिक समस्या पनि जटिल थियो । विभिन्न जातजाति र धर्महरूको बीचमा आपसी असहमति र विभाजनको स्थिति थियो । पृथ्वीनारायण शाहको ‘चार वर्ण छत्तीस जातको फूलबारी’ वाक्यांशले नेपालको सामाजिक विविधता र सहअस्तित्वलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ । उनले समाजमा जातीय भेदभावको अन्त्य गर्न र सबै जातलाई समान दृष्टिले हेर्न प्रेरित गरेका थिए ।
साहित्यिक दृष्टिले दिव्योपदेशलाई नीति-साहित्यको उत्कृष्ट उदाहरण मान्न सकिन्छ । पृथ्वीनारायण शाहका सूत्रात्मक वाक्यहरू, जस्तै– ‘नेपाल दुई ढुङ्गा बीचको तरुल हो’ र ‘भाइ फुटे गँवार लुटे’लाई नीति–विशारद चाणक्यका नीतिशास्त्रसँग तुलना गर्दा यसको मौलिकता स्पष्ट देखिन्छ । जहाँ चाणक्यका उपदेशहरू मुख्यतया शासन कला र रणनीतिमा केन्द्रित छन्, पृथ्वीनारायण शाहका वाक्यांशहरूले सामाजिक एकता, सांस्कृतिक सहिष्णुता र आत्मनिर्भरता जस्ता विषयहरूलाई सम्बोधन गर्छन् । दिव्योपदेशका वाक्यहरूमा स्थानीय सन्दर्भ र नेपाली समाजको आवश्यकता झल्किन्छ । चाणक्यले जस्तै पृथ्वीनारायण शाहले पनि सूत्रात्मक शैलीमा गहिरो सन्देश दिन सफल भएका छन् । तर उनको अभिव्यक्तिमा नेपाली समाजको विशेषताहरूलाई समेट्ने मौलिकता र व्यवहारिकता पाइन्छ । उदाहरणका लागि ‘धर्म बिग्रिए देश बिग्रन्छ’ भन्ने वाक्यले समाजको नैतिक पतनले राष्ट्रलाई कमजोर बनाउने चेतावनी दिएको छ, जसले नेपाली समाजमा नैतिकता र सहिष्णुताको महत्त्वलाई बलियो बनाएको देखिन्छ । यसरी, दिव्योपदेशले नीतिशास्त्रको परम्परालाई नेपाली सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भमा विशिष्ट रूपले अघि बढाएको छ । यसमा नीति विशारद चाणक्यका उपदेशहरूसँग समानता पाइन्छ । अझ पृथ्वीनारायण शाहका वाक्यहरू नेपाली समाजको आवश्यकता र सन्दर्भलाई मध्यनजर गर्दै मौलिक र व्यवहारिक छन् । उदाहरणका लागि ‘जाइकटक नगर्नु, झिकी कटक गर्नु’ भन्ने वाक्यले कूटनीतिक विवेकशीलताको आवश्यकता औंल्याउँछ । यसले नेपाली समाजलाई आत्मनिर्भरता, सहिष्णुता र सामाजिक समताको महत्त्व बुझाउन प्रेरित गरेको देखिन्छ ।
३. दिव्योपदेशको भाषाशैली
पृथ्वीनारायण शाहको मार्गदर्शनको सङ्ग्रह वा निबन्धात्मक शैलीको नेपाली भाषामा लेखिएको पहिलो विशिष्ट आख्यानेतर गद्य साहित्यिक कृति ‘दिव्योपदेश’ को भाषा जटिल भईकन पनि सरल, सुबोध र व्यवहारिक छ । पृथ्वीनारायण शाहले त्यतिबेलाको जनसाधारणदेखि दरबारसम्मका व्यक्तिहरूले सहजै बुझ्नसक्ने शैलीमा आफ्नो विचार प्रस्तुत गरेका छन् । उनले जटिल सामाजिक र राजनीतिक विषयवस्तुहरूलाई साधारण शब्दावली र काव्यात्मक शैलीमा व्यक्त गरेका छन् जसले समाजका सबै तहका मानिसहरूलाई प्रभावित गरेका छन् ।
दिव्योपदेशको भाषाशैलीलाई अन्य समकालीन कृतिहरूसँग तुलना गर्दा यसको मौलिकता झल्किन्छ । नीति विशारद चाणक्यका नीतिशास्त्रहरूमा पनि सूत्रात्मक वाक्यहरूको माध्यमबाट जटिल सन्देशहरू व्यक्त गरिएका छन् । तर, पृथ्वीनारायण शाहको भाषाशैलीमा स्थानीय सन्दर्भ, सांस्कृतिक मूल्य र व्यवहारिक ज्ञानको अनौठो मिश्रण पाइन्छ ।
दिव्योपदेशको भाषाशैलीले तत्कालीन नेपाली समाजलाई आत्मनिर्भरता, सहिष्णुता र सामाजिक समताको मार्गमा अघि बढ्न प्रेरित गरेको छ । यसको सरल र व्यवहारिक भाषाले नेपाली समाजमा नैतिकता, सहअस्तित्व र एकताको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पु¥याएको देखिन्छ । यसले केवल शासकहरूका लागि मात्र होइन, साधारण जनतालाई पनि आफ्नो जीवनयापनमा मार्गदर्शन गर्ने साहित्यिक साधनको रूपमा सेवा पु¥याएको छ ।
पृथ्वीनारायण शाहले भनेका र भारदारमध्येका कुनै एक व्यक्तिले लेखेको कृति दिव्योपदेशमा शाहको भनाइ जस्ताको त्यस्तै लेखेकाले यहाँको शैली लेखकको नभएर सर्जक (वक्ता) को नै भएको दाबी गर्दै केही उदाहरण पेस गरिएको छ । दिव्योपदेशमा छोटा वाक्य पनि छन् भने लामालामा वाक्य पनि रहेका छन् । विभिन्न बिम्ब तथा प्रतीकहरूको प्रयोग गरिएको पनि पाइन्छ । वाक्यगठन, वर्णविन्यास, प्रतीकहरूको प्रयोगमा विभिन्न खालका विशेषता देख्न सकिन्छ । यहाँ केही प्रतिनिधि वाक्यमात्र पेस गरिएको छ । दिव्योपदेशको मूल पाठ बालकृष्ण पोखरेलको ‘पाँच सय वर्ष’ (२०४३) बाट हेरिएको हुनाले स्रोत दिँदा त्यसैलाई आधार मानिएको छ ।
शैलीका दृष्टिले दिव्योपदेशमा प्रयुक्त छोटा, लामा, आलङ्कारिक वाक्यहरू यसप्रकार छन्-
■ ‘ई राजाका महासतुर हुन् ।’ (पोखरेल, २०४३, पृ. १५९)
कथ्य बोलीमा आधारित शब्दहरूको चयनले भाषालाई आकर्षित गरेको छ । प्रसङ्ग हेर्दा घुस लिने र दिने दुवै राजा (राज्य) को महाशत्रु हुन् भन्ने भाव यहाँ पाइन्छ ।
■ कसैका मलाजापछि गुणपछी लग्न नदिनु । ‘नुनपछि लाउनु ।’ (ऐजन, पृ. १६०)
उक्त वाक्यमा शाहको सुभफव के छ भने सिपाहीहरूलाई कसैको मलाहिजा वा गुणका पछि लाग्न नदिनू । तिनीहरूलाई नुन (जागिर) को सोभफे चिताएर काम गर्न लगाउनू भन्ने छ । ‘नुनपछि लाउनु !’ दुई शब्दको मात्र पनि वाक्य रहेको छ ।
■ ‘र तर्वार पर्दा साह्रो हुन्छ ।’ (ऐजन, पृ. १५९)
शाहले सिपाहीको टोली बनाउँदा खस, बाहुं, मगर र गुरुङ चारै जातलाई मिसाउनु भनेका छन् । यसो ग¥यो भने लडाइँमा बल पुग्छ वा तरवार हान्न सक्ने हुन्छन् भनिएको छ । यस वाक्यमा संयोजक ‘र’ बाट वाक्यको उठान गरिएको छ । यस शैलीका थुप्रै वाक्यहरू यहाँ छन् ।
■ ‘मुग्लानामा छोकडा पत्रीया रह्याछन् । रागतानको बडो मोहो हुन्छ र दवलथ पनि षोलिन्छ । रागको अभ्यास पनि कसैले नगर्नु ।’ (ऐजन, पृ. १६१)
विदेश (भारत) मा तरुणी वेश्याहरू यौनकर्ममा लागेका रहेछन् । रागतानले मान्छेलाई आकर्षित गर्छ र धन गएको पनि थाहा पाउँदैन । त्यसैले रागको अभ्यास कसैले नगर्नू । मोजमस्तीमा पैसा खर्च नगर्न शाह सुभफव दिन्छन् ।
■ ‘बुढा मरै भाषा सरै भनि भन्छन् ।’ तिमीहरू सबैछेउ सुनार गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउनं र यो राजे थामि षानन् ।’ (ऐजन, पृ. १५३–१५४)
बुढा मान्छे मर्दै जान्छन् तर तिनको भाषा मर्दैन, अर्को पुस्तामा सर्दै जान्छ । त्यसैले यो उपदेश तिमीहरूलाई दिएँ, तिमीहरूले आफ्ना सन्तानलाई सुनाउँला । तिम्रा सन्तानले मेरा सन्तानलाई पनि सुनाउलान् । व्यक्ति मर्छ, विचार मर्दैन भन्ने भाव यहाँ पाइन्छ ।
४. दिव्योपदेशको शब्दस्रोत
शब्दस्रोतले कुनै पनि भाषामा प्रयोग हुने शब्दहरूको उत्पत्ति, अर्थ, रूप, र प्रयोगका विषयमा अनुसन्धान गर्दछ । यसले भाषिक संरचना, विकासक्रम, र सामाजिक परिवेशसँगै भाषाको वैविध्यताको अध्ययन गर्न मद्दत गर्दछ । शब्दस्रोत समाजको सांस्कृतिक, ऐतिहासिक र राजनीतिक पृष्ठभूमिसँग गहिरो सम्बन्ध राख्दछ । यस अध्ययनले कुनै विशेष समय वा घटनाले भाषामा ल्याएको परिवर्तन र भाषिक सम्पदाको महत्त्वलाई पनि उजागर गर्दछ ।
पृथ्वीनारायण शाहको दिव्योपदेशमा शब्दस्रोतको अध्ययन गर्दा प्राचीन नेपाली भाषाको संरचना, त्यसको अर्थगर्भ, र त्यसबेला प्रयोग भएका भाषिक अभ्यासलाई बुझ्न मद्दत गर्दछ । दिव्योपदेशमा रहेका शब्दहरू त्यस समयमा नेपाली समाजले प्रयोग गर्ने प्रचलित शब्दावलीबाट प्रेरित छन् । यसले दिव्योपदेशलाई समाज भाषाविज्ञानको दृष्टिले महत्त्वपूर्ण बनाउँछ ।
शब्दस्रोतको अध्ययनले कुनै पनि भाषाको गहिराइ र जरा पहिचान गर्न मद्दत गर्छ । दिव्योपदेशजस्तो ऐतिहासिक कृतिमा प्रयोग भएका शब्दहरूले तत्कालीन समाजको भाषा, संस्कृति, र सोचलाई प्रतिबिम्बित गर्छ । यस खण्डमा दिव्योपदेशमा प्रयोग भएका तत्सम, तद्भव, र आगन्तुक शब्दहरूको सूचिकृत रूपमा विश्लेषण गरिएको छ । स्रोतः यमनाथ तिमिल्सिना (२०२३)
तत्सम शब्द :
दिव्योपदेशमा धेरैजसो शब्दहरू तत्सम श्रेणीमा पर्छन् । यस्ता शब्दहरू संस्कृतबाट सिधै लिइएका छन् । केही शब्दहरू दिव्योपदेशमा शुद्ध रूपमा प्रयोग नगरिएका भए पनि तिनीहरूको सांस्कृतिक महत्त्व भने गहन छ । समाज भाषाविज्ञानको दृष्टिले यस्ता शब्दहरूलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । शुद्ध रूपलाई (श्र) चिन्हद्वारा जनाइएको छ । उदाहरणका लागि-
– अवतार
– कटक
– कन्या
– कुरुक्षत्र (कुरुक्षेत्र)
– गरुड
– गोरषनाथ (गोरखनाथ)
– गौ
– घुस (घूस)
– चेतना
– छत्रभंग (छत्रभङ्ग)
– जीवन
– दृष्टान्त
– देवी
– निलकंठ (नीलकण्ठ)
– पंचरात्रि (पञ्चरात्रि)
– पसुपति (पशुपति)
– पातक
– पूजा
– पेट
– बाहुली
– भाषा
– भैयाद
– महामण्डल
– रागतान
– मोहो (मोह)
– राजा
– वर्ष
– विवाहा (विवाह)
– वीर
– षेलषाल (खेलखाल)
– सन्धिसर्पन
– सेवक
तद्भव शब्द :
तद्भव शब्दहरू ती हुन् जसले जनसाधारणको दैनिक जीवनमा व्यापक रूपमा प्रयोग हुने शब्दावलीलाई प्रतिनिधित्व गर्छन् । यस्ता शब्दहरू स्थानीय भाषाको प्रभावले परिवर्तन हुँदै आएको पाइन्छ । दिव्योपदेशमा यस्ता थुप्रै तद्भव शब्दहरू प्रयोग भएका छन् जसले नेपाली समाजको विविधता र भाषिक परिवर्तनलाई देखाउँछ । केही उदाहरणहरू यस प्रकार छन्–
– आरसी
– उप्रान्त
– कंगाल (कङ्गाल)
– चढाइँ
– जुग
– ठुलो
– थान
– नुन (षानु) (नुन खानु)
– पगरि (पगरी)
– पैठ हुनु
– पाँच
– बयल
– बाहुन
– बुढा
– माई
– मामा
– मारताप
– मुमा
– मोच
– लाषाविषि (लाखाबिसी)
– संधेय (सन्देह)
– सहर
– हटिया
आगन्तुक शब्द :
आगन्तुक शब्दहरू बाह्य प्रभावबाट नेपाली भाषामा प्रवेश गरेका शब्दहरू हुन् । यी शब्दहरूले तत्कालीन व्यापार, शासन, र सांस्कृतिक अन्तरक्रियालाई प्रतिबिम्बित गर्छन् । दिव्योपदेशमा यस्ता थुप्रै आगन्तुक शब्दहरू पाइन्छन्, जसले भाषा वैविध्यतालाई झल्काउँछ । केही उदाहरणहरू-
– असिल
– आदमी
– आमपफ्दरपफ्
– कविला
– किल्ला
– घाहा
– छोकडा
– टक्सार
– ढोका
– तलबल
– तषत
– तुरकाना
– तोप
– नजर
– नागा
– पफ्किडा
– पफ्किर
– बादसाह
– मनसुवा
– मलाजा
– मुगलाना
– रस्ता
– रुक्का
– रैतान
– रैती
– षिचोला
– षुनी
– ष्वामित
– सवार
– सिपाही
– हउवा
– हजुर
– हरिप
– हाँडीसाहेब
– हाक
– हाकपारी
– हुकुम
५. दिव्योपदेशको साहित्यिक प्रभाव
पृथ्वीनारायण शाहको दिव्योपदेशले नेपाली साहित्यको ऐतिहासिक विकासक्रममा गहिरो प्रभाव पारेको छ । यस कृतिले नेपाली भाषामा नीति साहित्यको परम्परालाई समृद्ध बनाउँदै नेपाली समाजलाई नैतिकता, सहिष्णुता र राष्ट्रियता जस्ता मूल्यहरूमा मार्गदर्शन प्रदान गरेको छ । अन्य समकालीन कृतिहरू प्रायः धार्मिक ग्रन्थहरूमा आधारित भए पनि दिव्योपदेशमा धार्मिक, राजनीतिक र सामाजिक मूल्यहरूको अद्वितीय संयोजन पाइन्छ ।
उदाहरणका लागि चाणक्यका नीतिशास्त्रहरूमा राज्य सञ्चालनका लागि व्यवहारिक ज्ञान प्रदान गरिए झैँ पृथ्वीनारायण शाहले पनि दिव्योपदेशमा सूत्रात्मक वाक्यहरूको प्रयोग गरेर समाजलाई दीर्घकालीन मार्गदर्शन दिएका छन् । तर पृथ्वीनारायण शाहको शैलीमा स्थानीय सन्दर्भ र नेपाली समाजको विशिष्ट आवश्यकतालाई समेटिएको छ । ‘नेपाल दुई ढुङ्गा बीचको तरुल हो’ भन्ने वाक्यले नेपालको भूराजनीतिक अवस्थालाई रूपकको माध्यमबाट सजीव रूपमा व्यक्त गरेको छ । यसले अन्य कृतिहरूमा पाइने साधारण नीति उपदेशहरू भन्दा पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मौलिक र व्यवहारिक बनाएको छ ।
जहाँ चाणक्यका उपदेशहरू मुख्यतया शासन कला र रणनीतिमा केन्द्रित छन्, पृथ्वीनारायण शाहका वाक्यांशहरूले सामाजिक एकता, सांस्कृतिक सहिष्णुता र आत्मनिर्भरता जस्ता विषयहरूलाई सम्बोधन गर्छन् । दिव्योपदेशका वाक्यहरूमा स्थानीय सन्दर्भ र नेपाली समाजको आवश्यकता झल्किन्छ । चाणक्यले जस्तै पृथ्वीनारायण शाहले पनि सूत्रात्मक शैलीमा गहिरो सन्देश दिन सफल भएका छन् ।
त्यस्तै दिव्योपदेशका साहित्यिक उपकरणहरूले काव्यात्मकता र व्यवहारिक मार्गनिर्देशनको संयोजन प्रदान गरेका छन् । ‘भाइ फुटे गँवार लुटे’ जस्ता वाक्यांशहरूले सामाजिक एकता र सहकार्यको महत्त्वलाई सरल तर प्रभावकारी रूपमा व्यक्त गरेको छ । अन्य समकालीन कृतिहरूमा यस्ता सरल र सुबोध भाषाशैलीको अभाव थियो । दिव्योपदेशले नेपाली समाजलाई केवल पाठ्य सामग्रीको रूपमा मात्र नभई व्यवहारिक जीवनमा प्रयोग गर्न सकिने मार्गदर्शनको रूपमा सेवा पुऱ्याएको देखिन्छ ।
साहित्यिक दृष्टिले, दिव्योपदेशलाई नीति साहित्य र काव्य परम्पराको उत्कृष्ट मिश्रण मान्न सकिन्छ । यसले नेपाली भाषालाई काव्यात्मकता, सूत्रात्मकता र सरलताको मार्गमा अगाडि बढाएको छ । यस्ता वाक्यहरूले समाजमा नैतिकता र सहिष्णुताको भावना विकास गर्न मद्दत गरेका छन् । साथै यसले नेपाली साहित्यलाई मौलिकता प्रदान गर्दै अन्य समकालीन कृतिहरूसँग तुलना गर्दा अद्वितीय स्थान ओगटेको देखिन्छ ।
यसरी, दिव्योपदेशले नेपाली साहित्यमा नैतिक मार्गदर्शन, सामाजिक चेतना र राजनीतिक सन्देशको अद्वितीय संयोजन गरेको छ । आधुनिक नेपाली साहित्य र समाजमा पनि यसको प्रभाव स्पष्ट देखिन्छ । उदाहरणका लागि आजका साहित्यिक कृतिहरूमा राष्ट्रियता, आत्मनिर्भरता र सामाजिक न्यायका विषयवस्तुहरू प्रायः दिव्योपदेशबाट प्रेरित देखिन्छन् । दिव्योपदेशका वाक्यांशहरू जस्तै ‘धर्म बिग्रिए देश बिग्रन्छ’ र ‘भाइ फुटे गँवार लुटे’ जस्ता भनाइहरू समयसँगै अझ प्रासङ्गिक बन्दै गएका छन् । यसले समाजलाई नैतिक मूल्यहरूको संरक्षण, सहिष्णुता र एकताको महत्त्व बुझाउन निरन्तर प्रेरित गरिरहेको छ । वर्तमान समयमा पनि नेपाली समाजले यी सन्देशहरूलाई राजनीतिक स्थिरता, सामाजिक समता र सांस्कृतिक पहिचानको संरक्षणको लागि मार्गदर्शनका रूपमा लिएको देखिन्छ । यसरी, दिव्योपदेशको सन्देशले साहित्यिक र सामाजिक क्षेत्रमा दीर्घकालीन प्रभाव पार्दै आएको छ । यसले केवल ऐतिहासिक दस्तावेजको रूपमा मात्र नभई साहित्यिक प्रेरणाको स्रोतका रूपमा पनि नेपाली समाजलाई दीर्घकालीन रूपमा प्रभावित गरेको छ ।
५. निष्कर्ष
पृथ्वीनारायण शाहको दिव्योपदेश नेपाली इतिहासको एक अनुपम कृति हो, जसले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र कूटनीतिक दिशालाई गहिरो प्रभाव पारेको छ । यस कृतिले नेपाललाई आत्मनिर्भर र स्वाभिमानी राष्ट्र बनाउन प्रेरित गरेको छ । दिव्योपदेशका सूत्रात्मक वाक्यहरू जस्तै ‘नेपाल दुई ढुङ्गा बीचको तरुल हो’ र ‘चार वर्ण छत्तीस जातको फूलबारी’ जस्ता अभिव्यक्तिहरूले नेपाली समाजलाई कूटनीति, सहिष्णुता र सामाजिक एकताको महत्त्व बुझाउन मद्दत गरेका छन् ।
दिव्योपदेशको प्रभाव केवल ऐतिहासिक कालखण्डमा सीमित छैन । यसका सन्देशहरूले आधुनिक नेपाली समाजमा पनि गहिरो प्रभाव पारिरहेको देखिन्छ । यसले नेपाली जनतालाई आफ्नो सांस्कृतिक पहिचान जोगाउन, आन्तरिक एकता कायम राख्न र बाह्य हस्तक्षेपबाट जोगिन प्रेरित गरेको छ । आजको समयमा पनि दिव्योपदेशको सन्देशलाई राजनीतिक स्थिरता, सामाजिक न्याय र सांस्कृतिक विविधताको संरक्षणका लागि मार्गदर्शनका रूपमा लिइन्छ ।
यस कृतिको साहित्यिक विश्लेषण गर्दा देखिन्छ कि पृथ्वीनारायण शाहले आफ्नो उपदेशलाई सरल, सुबोध र काव्यात्मक भाषामा प्रस्तुत गरेका छन्, जसले समाजका विभिन्न तहका व्यक्तिहरूलाई सहजै मार्गदर्शन दिन सक्षम बनाएको छ । साहित्यिक दृष्टिले, दिव्योपदेशलाई नीति साहित्य र काव्य परम्पराको उत्कृष्ट मिश्रण मान्न सकिन्छ । यसले नेपाली भाषाको समृद्धिमा योगदान गर्दै व्यवहारिक मार्गदर्शनको स्रोतका रूपमा सेवा पुऱ्याएको छ ।
अन्त्यमा, पृथ्वीनारायण शाहको दिव्योपदेश नेपाली समाजका लागि केवल एक ऐतिहासिक दस्तावेज मात्र नभई, राष्ट्रियता, आत्मनिर्भरता र सामाजिक सहिष्णुताको प्रेरणाको स्रोत बनेको छ । यस कृतिले नेपाललाई एकताबद्ध र बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । दिव्योपदेशका सन्देशहरू अझै पनि नेपाली समाजलाई प्रेरित गर्न जारी छन्, जसले गर्दा यो कृति नेपाली इतिहासमा सदैव स्मरणीय रहनेछ । पृथ्वीनारायण शाहको दिव्योपदेश नेपाली इतिहासको एक अनुपम कृति हो, जसले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र कूटनीतिक दिशालाई गहिरो प्रभाव पारेको छ । यस कृतिले नेपाललाई आत्मनिर्भर र स्वाभिमानी राष्ट्र बनाउन प्रेरित गरेको छ । दिव्योपदेशका सूत्रात्मक वाक्यहरूमा गहिरो अर्थ निहित रहेको छ, जसले नेपाली समाजलाई एकता, सहिष्णुता र समानताको मार्गदर्शन गरेको छ ।
प्रतिक्रिया