जापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी

जापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी


सोमबार राति (१३ जनवरी) जापानको दक्षिण-पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटरसम्मको सुनामी छाल आउनसक्ने बताएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)ले आफ्नो प्रारम्भिक अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको जनाएको छ ।

तथापि, जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले एक्समा भनेको छ, ‘सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।’