- कोपनहेगन, डेनमार्क
नेपाली साहित्वमा रुचि राख्ने युवा इन्द्रप्रसाद (आइपी) सुवेदीद्वारा रचना गरिएको गजल ‘कालो रात मलाई’ सार्वजनिक गरिएको छ । ओएसआर डिजीटल यु ट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको गजलमा नेपाली गायन क्षेत्रका युवा नक्षत्रहरु रविओड र करण परियारले स्वर दिएका छन् । दुवै युवा गायकहरु नेपाल आइडलमार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । उक्त गजलमा बाबुल गिरीको संगीत रहेको छ ।
मन छुने शब्द चुनिएर तयार गरिएको गजल रचनालाई युरोपलगायत नेपाली डायस्पोराले समेत अत्यन्त मन पराएको देखिएको छ । अति मिलनसार ‘सोसियल पर्सनालिटी’का रुपमा डेनमार्कमा चिनिएका सुवेदीको पहिलो प्रयास नै सफल भएको प्रतिक्रिया सो गजलका श्रोताहरुद्वारा दिइएको छ ।
विदेशको ब्यस्त दैनिकीसँगै आफूलाई नेपाली सांगीतिक रचनामा हराउन चाहने सुवेदी युवा गायकद्वयले गजलगायनमा गरेको मेहेनतका साथै दर्शक श्रोताहरुले देखाउनुभएको मायाबाट फेरि पनि यस यात्रालाई निरन्तरता दिने बताउनुहुन्छ।
दुई बाबुनानीका पिता रहेका सुवेदी गैरआवासीय नेपाली संघ इटालीका पूर्व उपाध्यक्षसमेत हुनुहुन्छ भने उहाँ चितवनबाट युरोप बसाइँ सरेको दशक नाघिसकेको छ ।
प्रतिक्रिया