आजको पञ्चाङ्ग एवम् राशिफल (४ माघ २०८१ शुक्रबार, १७ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ माघ २०८१ शुक्रबार, १७ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ माघ ४ गते तद्अनुसार सन् २०२५ जनवरी १७ तारिख शुक्रबार माघ कृष्ण पक्षको चतुर्थी तिथि मघा नक्षत्र सौभाग्य योग बब करण आनन्दादिमा काण योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः३१ मा हुनेछ । काशीमा बडा गणेश उत्सव ।

आजको राशिफल

मेष – सामाजिक काममा नाम रहने भएपनि मनमा दुबिधा रहनसक्ने दिन छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न् र ब्यापारमा पनि घाटा सहनुपर्ने योग छ । जागिरमा सजकता अपनाउनु हितकर होला । स्वास्थ्यका दृष्टिकोणले भने राम्रो समय छ । मिठो भोजन प्राप्त हुनेछ । प्रेमभाव वृद्धि होला ।

वृष – प्रेम र मित्रताको बन्धन कसिने, वैवाहिक जीवन सुखी हुने दिन छ । विभिन्न सहयोग र उपहार पाइएला । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । सुखद यात्राको योग रहेको छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । स्वास्थ्य सबल रहला ।

मिथुन – समय शुभदायी छ । दैनिक काम सन्तोषजनक सम्पन्न हुनेछन् भने व्यापार–व्यवसायमा पनि फलिफाप नै हुने योग छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । अप्रत्यासित धनलाभको सम्भावना छ । मिष्ठान्न भोजनको अवसर जुर्नुका साथै मित्रजनसँग पनि रमाइलो भेटघाट होला । नसोचेको काम बन्ने देखिन्छ, प्रयास गर्नुहोला ।

कर्कट – मिश्रित फलदायी दिन छ । फजुल खर्च र अनावश्यक विवाद बढ्ने तथा शत्रुजनले सताउन सक्छन्, सावधान रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्छ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ तर सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु उचित होला । निकट मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने देखिन्छ ।

सिंह – प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुने दिन छ । प्रतिभा देखाएर धेरैको मन जित्न सकिएला । धनजन वृद्धि हुने र आफ्नो पक्षमा समर्थन जुट्ने योग छ । विशिष्टजनसँग भेटघाट हुन सक्छ । महत्वपूर्ण कामका साथै अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । साहसिक कामप्रति विशेष लगाव बढ्ने देखिन्छ ।

कन्या – कामको सफलताले थप काम गर्ने हौसला मिल्ने समय छ । पुराना तथा अधुरा रहेका कामहरु सम्पन्न हुनसक्छन् । सुखदायी यात्रा र आयआर्जनको योग छ । नया साथीसँग चिनजान होला । डुबेको धन प्राप्त हुनसक्ने सम्भावना प्रवल छ । साथीभाइको सहयोग प्राप्त होला । पराक्रम वृद्धिले जस्तोसुकै समस्यामा समाधान मिल्नेछ ।

तुला – सुखदानुभूतिले पछ्याइरहने दिन छ । नयाँ काम प्राप्तिका साथै धन कमाउने अवसर जुर्ला । कृषिको कामबाट विशेष लाभ हुने देखिन्छ । मनोरञ्जनात्मक यात्रा हुनसक्छ । आजको दिन लेनदेनको काम भने नगर्नु नै उचित हुनेछ । घरमा पाहुना आगमन हुनसक्छ जसले मनमा आनन्द दिलाउला । आयबल र यशवर्चश्व बढ्नेछ ।

वृश्चिक – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्नसक्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुन सक्छ । व्यर्थको खर्च होला । स्वास्थ्यमा पनि गडबडीको सम्भावना रहेकोले खानपानमा विशेष सजक रहनु उचित होला । धनको नाश साथै प्रेममा पनि धोका हुने योग छ । धैर्यको जरुरत छ । चुनौतीका बाबजुद पराक्रम झल्कने कार्यमा आकर्षण रहला । योजना र बजेट बनाएर मात्र कार्य गर्नु बेस होला ।

धनु – मन दुविधाग्रस्त रहनसक्ने समय भएकोले संयमताको जरुरत छ । ठूलो सहयोगको आशा देखाउनेहरूले आज धोका दिन सक्छन्, सचेत रहनुहोस् । रोकिएको कुनै विशेष काम भने बन्ने योग छ । स्वास्थ्य केही कमजोर रहनसक्ने समयका बारण आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मकर – धन आर्जनका नयाँ बाटा खुल्ने समय छ । खर्च भन्दा कमाई नै बढी होला । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्ने देखिन्छ । मातापिता एवम् विशिष्ट ब्यक्तित्वसंगको भेटघाटले मनमा हर्ष छाउला । सभा-समारोहमा सम्मान प्राप्त हुने योग छ । पराक्रम बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कुम्भ – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने दिन छ । मन हर्षित रहला । महत्वपूर्ण कामहरु सजिलैसंग बन्नेछन् । कामेच्छा पनि वृद्धि हुने देखिन्छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । नियमित कर्ममा जांगर थपिएला । धनलाभ र पारिवारिक सुखको योग छ । पढाइलेखाइमा प्रगति होला । दामपत्यसुख बढ्नेछ ।

मीन – चुनौतीयुक्त दिन छ । अनावश्यक वादविवादको सामना गर्नुपर्ने अवस्था निम्तनसक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित होला । पेशागत रुपमा पनि समस्या देखिन सक्छ । घरपरिवारमा केही मनमुटाव होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्तिमा भने जोडबल धेरै नै लाग्ने देखिन्छ । छन विश्वास गरेकाले धोका दिन सक्छन् । काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनाले मन उदास रहन सक्छ । मन शान्त राख्ने प्रयास गर्नु हितकर हुनेछ ।