✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ ५ गते तद्अनुसार सन् २०२५ जनवरी १८ तारिख शनिबार माघ कृष्ण पक्षको पञ्चमी तिथि पूर्वाफाल्गुणी नक्षत्र शोभन योग कौलव करण आनन्दादिमा लुम्ब योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः३२ बजे हुनेछ ।
आजको राशिफल
मेष – साहस वृद्धि भएपनि बेकारको विवादमा फँस्न सकिने समय हुनाले बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । पेशागत रुपमा समस्या देखिन सक्छ । नियमित कार्यमा ब्यवधान पैदा हुनसक्ने योग छ । मुद्दा मामिलामा परिने योग समेत रहेकोले व्यवहारमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । वादविवादबाट बच्ने प्रयत्न गर्नु हितकर होला । यात्रागत कार्यमा भने सफलता प्राप्त हुनेछ ।
वृष – अरुबाट प्रशंसा मिल्नाले मन हर्षित हुने समय छ । सामाजिक कामबाट प्रशंसा र प्रतिष्ठा प्राप्त हुनेछ । व्यापारमा गरेको लगानी सन्तोषप्रद रहला । दिदी-बहिनी वा कुटुम्बका काममा सघाउनुपर्ने देखिन्छ । कुनै विशेष योजना कार्यान्वयनको सवालमा मन दुविधाग्रस्त रहन सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । स्वासथ्य सबल रहला ।
मिथुन – सकारात्मक कार्यका लागि व्यस्तता वृद्धि हुनेछ । सामाजिक काममा नाम रहने छ भने ब्यापार तथा जागिरमा दिन ठिकै छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा नै गर्ने देखिन्छ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने योग छ । आकस्मिक तवरले खुसीको खबर प्राप्त होला । चल-अचल सम्पत्तिको कारोबार हुन सक्नेछ । वैवाहिक जीवन सुखी रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – चुनौतीका बाबजुद नसोचेको काम बन्नसक्ने समय छ । धैर्यले काम लिने प्रयास गरे महत्वपूर्ण कार्यहरू सहजै सफल बननेछन् । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने तथा अप्रत्याशित लाभ हुने योग छ । पराक्रम बढ्नाले परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रसरागमा आकर्षण रहनेछ ।
सिंह – आजको दिन केही प्रतिकुल जस्तो अनुभूति हुन सक्छ । पीडा दिनेहरु सक्रिय रहलान् । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु हितकर होला । व्यर्थको खर्च हुनसक्ने तथा धननाशको योग रहेकोले खर्च घटाउने प्रयास गर्नुहोला । मित्रजनले मनोरञ्जनात्मक क्रियाकलापप्रति उक्साउन सक्छन्, उक्साहटलाई संयमताले जितेकै राम्रो हुनेछ । यात्रागत कार्य सार्थक रहला ।
कन्या – रोकिएका महत्वपूर्ण कार्य अघि बढ्नसक्ने तथा नयांँ कामको थालनी हुने दिन छ । विद्यार्थी वर्गका लागि पढाइलेखाइसम्बन्धी कार्यमा विशेष प्रगति देखिएला । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । आर्थिक पक्ष सबल बन्नुका साथै मुद्दा-मामिलामा विजयी भइएला । धनलाभको योग छ । आरोग्यता बढ्नेछ । सुख वृद्धि होला । यात्रागत कार्य सार्थक रहनेछ । आफन्तजनको साथ मिल्नेछ ।
तुला – निर्माण तथा व्यवहारिक क्षेत्रमा मन जाने समय छ । सोचेभन्दा बढी नै लाभ हुने देखिन्छ । आफन्तमिलनले सुख प्रदान गर्नेछ भने पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनको कोणबाट राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको असल सल्लाह आउने सम्भावना छ । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक – शुभदायी दिन छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ भने वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । महत्वपूर्ण कामहरु सजिलैसँग बन्नेछन् । रमणीय र सुखद यात्राको योग छ । शुभता बढेर रोकिएको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ ।
धनु – मिश्रित फलदायी दिन छ । घरायसी काममा ज्यादा समय अल्झिने देखिन्छ । घरेलु समस्याले सताउला । मित्र बनेर धोका दिनेहरू हाबी हुनसक्छन् । अर्थको हानी हुने योग छ, सजक रहनु होला । स्वास्थ्य खासै सबल नरहने देखिन्छ । धनमाल हराउनाले मनमा पीडा थपिन सक्छ । अरूको भरपर्दा काममा धोका हुन सक्छ । आजको दिन सकभर टाढाको यात्रा नगर्नु हितकर हुनेछ ।
मकर – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि नसोचेको धनलाभ हुनसक्ने देखिन्छ । काममा केही कठिनाइ सहनुपर्ला । आजको दिन रुपैयाँपैसाको लेनदेन कार्य खासै राम्रो छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्नसक्ने योग भएकोले विशेष सजगताको खाँचो छ । प्रतिकुलताका बाबजुद गीतसंगीत र रसरागमा आकर्षण बढ्नेछ ।
कुम्भ – आजको दिन आर्थिक पक्ष सन्तोषजनक रहला । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुनेछ । पठनपाठनमा मन जाला । सोचेअनुरुप धनलाभको योग छ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बन्नेछ ।
मीन – शुभ र सुखदायी दिन छ । व्यापार-व्यवसायमा सफलता मिल्नेछ भने साथीभाइसँग रमाइलो भेटघाट होला । नयाँ कामका योजनाहरु बन्ने देखिन्छ । नियमित कर्ममा जोश-जाँगर बढ्नेछ । आर्थिक लाभ होला । कुनै नयाँ कामको थालनी गर्नुछ भने आज उत्तम हुनेछ । काममा जोश-जाँगर बढ्नेछ । सुख विलास बढ्ने योग छ ।
प्रतिक्रिया