✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ ७ गते तद्अनुसार सन् २०२५ जनवरी २० तारिख सोमबार माघ कृष्णपक्षको षष्ठी तिथि ९ः१४ पर सप्तमी तिथि हस्ता नक्षत्र सुकर्म योग भद्रा करण आनन्दादिमा वज्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः३३ बजे हुनेछ ।
आजको राशिफल
मेष – समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । धेरै लगानीपछि कममात्र फाइदा हुने समय छ । आजको दिन आगो तथा हातहतियारबाट विशेष सावधान रहनु उचित होला । कुरा काट्नेहरु सक्रिय रहन सक्छन् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, साथै आर्थिक संकट पनि पर्ने सम्भावना छ, सजग रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने समय छ । अध्ययन-अध्यापनका साथै ब्यापारमा पनि प्रगति हुने दिन रहेको छ । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्ने देखिन्छ । प्रेमभाव वृद्धि होला । जागिरमा भने आज अनावश्यक झमेलाको सामना गर्नुपर्ला । कसैबाट अपमानित पनि भइएला, सजग रहनुपर्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउने देखिन्छ । प्राविधिक काममा सफलता प्राप्त हुने समय छ । आत्मविश्वास जागृत होला । कामबाट सजिलै फुर्सद पाइनेछ । बाह्यक्षेत्रको लगानी खेर जानेछैन । पढाइलेखाइमा भने खासै प्रगति हुने छैन । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – पराक्रम बढ्नेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । ऐश्वर्य वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनाले सुख बढ्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह – आजको दिन केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । धेरै श्रम गरे पनि कामको कम मूल्याङ्कन हुने समय छ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । स्वास्थ्य केही कमजोर रहला, तर सहयोगीहरू जुटाउन सकिनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने योग छ, चोटपटकको भय पनि छ, सतर्कता अपनाउनु हितकर होला । होस पुर्याउनु होला । पारिवारिक सुख रहनेछ ।
कन्या – आजको दिन महत्वपूर्ण काम धेरै बन्नेछन्, लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान् । पराक्रमका साथै आरोग्यबल बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । तथापि, व्यावसायिक काम बीचैमा अवरुद्ध बन्न सक्छ । धनजनको वृद्धि होला । मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला – पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने समय छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल रहला । आर्थिक क्षेत्रमा राम्रै लाभ हुने सम्भावना छ । ब्यापार, कृषि, तथा वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । साहसिक काममा आकर्षण बढ्ला । यशवर्चश्व बढ्नेछ । मिष्ठान्न भोजनको योग रहेको छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ ।
वृश्चिक – शुभता बढेर रोकिएको काम बन्ने दिन छ । रमाइलो भेटघाटले मनलाइ हर्षित तुल्याउनेछ । साथै पराक्रम बढला । व्यापार–व्यवसायमा पनि सुधार आउला । यात्राको क्रममा लाभ मिल्ने देखिन्छ । सन्तानपक्षबाट पनि सुख पाइने योग छ । मनमा रहेको डर हटेर काममा उत्साह जार्गत होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।
धनु – उत्साहवर्द्धक समय छ । स्वास्थ्य स्थितिमा अनुकूलता आउनाले काममा पनि जाँगर चल्नेछ । कर्मबल बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । मित्रजन सहयोगी रहनेछन् । यात्रागत कार्य सार्थक रहला । बौद्धिक, रचनात्मक र कलात्मक काममा ध्यान लगाउनु हितकर होला ।
मकर – दिन मध्यम खालको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । पढाइलेखाइमा सफलता मिल्नुका साथै आफन्तजनको सहयोग र बौद्धिक उन्नतिले काममा सहजता रहला । खर्च बढ्ने र स्वास्थ्य केही कमजोर रहने योग छ । आलोचकहरूको सक्रियता बढ्न सक्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
कुम्भ – आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेया सफलता मिल्ने समय छ । आजको दिन निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, तथापि आम्दानीमा कमी आउने छैन । आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । व्यापारमा पनि फाइदा नै होला । मिठो भोजन प्राप्त हुनेछ ।
मीन – नयाँ कार्यारम्भ तथा थालेका कामहरु सहजै बन्नसक्ने दिन छ । काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । विपरीतलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । अनौठो खबर सुन्न्न पाइएला । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने देखिन्छ । ऋण रोग र शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । सुख विलास पनि बढ्नेछ ।
प्रतिक्रिया