छविलाल जोशी पचास लाख धरौटी बुझाएर रिहा

छविलाल जोशी पचास लाख धरौटी बुझाएर रिहा


काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

जोशी रू ५० लाख बैंक ग्यारेन्टी बुझाएर सोमबार नै रिहा भएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रू ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की अदालतबाट रू ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट रू ६० लाख बैंक ग्यारेन्टी बुझाएर छुटिसकेका छन् । उनीहरुविरुद्ध अझै रुपन्देही, चितवन र पर्सामा पनि सहरकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।