✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ ८ गते तद्अनुसार सन् २०२५ जनवरी २१ तारिख मंगलबार माघ कृष्णपक्षको सप्तमी तिथि चित्रा नक्षत्र धृति योग बालव करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा कन्या राशिमा ९ः२३ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः३४ मा हुनेछ । अष्टमी व्रत, द्विपुष्कर योग ११ः२३ बजेसम्म ।
आजको राशिफल
मेष – व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ तर बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुने समय छ । आज तपाईंलाई काममा मन जानाले सन्तुष्टि मिल्नेछ । आफन्तजनले पनि साथ दिनेछन् । केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । दामपत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुने एवम् रसरागमा आकर्षण बढ्ने देखिन्छ । यात्रागत कार्य सार्थक रहला ।
वृष – दिन केही चुनौतीयुक्त रहला । छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काट्नेहरु बढ्नेछन् । ठूला व्यक्तिबाट आलोचना हुनुका साथै कार्यक्षेत्रसम्बन्धित कसैसँग वादविवादको संभावना पनि छ, सजग रही व्यवहार गर्नुहोला । परिवारजनमा असमझदारी बढ्ने सम्भावना छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । खर्च वृद्धिको योग छ । आफन्तको साथले उत्साह जागृत गराउला ।
मिथुन – नोकरी, समाजसेवा तथा राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिने समय छ । प्रेमभाव वृद्धि होला । तर, आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, सजग रहनुहोला । जागिरको काममा केही अल्छीपन छाउने देखिन्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । तथापि, पराक्र वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कर्कट – सामाजिक उत्तरदायित्व हासिल हुने तथा नयाँ काम र जिम्मेवारी हातपर्ने समय छ । ब्यस्तता बढ्ला । पराक्रम वृद्धिका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइलेखाइमा भने खासै मन नजाला । आजको दिनमा तपाईंले चाहेको विशेष योजना पूरा हुन सक्छ, प्रयत्नको दरकार छ । घरमा पाहुना आगमन हुने देखिन्छ, जसले प्रशन्नता दिलाउला । आरोग्यबल बढ्नेछ ।
सिंह – शुभदायी समय छ । प्रायः सबै कामहरू बन्नेछन्, काममा साथ-सहयोग पनि पाइनेछ । आर्थिकलाभ हुने दिन हुनाले आम्दानीकोे नयाँ श्रोत फेला पर्नसक्छ । भोजभत्तेरमा संलग्न हुने एवम् विशिष्ट व्यक्तिहरूसँगको साथले काम बन्ने देखिन्छ । अरुको विश्वास सजिलै हासिल हुनेछ । सृजनात्मक काममा विशेष सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला ।
कन्या – सोचेभन्दा विपरीतका परिणाम प्राप्त भइ असन्तुष्टि जागृत गराउनसक्ने समय छ । विगतमा गरेको गल्ती तथा कमजोरीका कारण तनाव सिर्जना हुनसक्छ, धैर्य राखी कार्य-व्यवहार गर्नुहोला समयले खासै साथ दिनेछैन, खर्चपनि बढ्न सक्छ । विशेष कार्ययोजनाहरू आजको दिन थाती राख्नु नै उचित हुनेछ । वादविवादबाट बच्ने कोहिस गर्नुहोला, अन्यथा सामाजिक मर्यादामा संकट आउन सक्छ । घरायसी सम्पत्तिको चिन्ताले सताउने योग छ । नजिकका साथीभाइको सहयोग प्राप्त हुनेछ ।
तुला – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै विशेष काममा नजिकको नातेदारको समर्थन पाउने समय छ । आम्दानी बढ्ने र रुपैयाँपैसा हातलागी हुने योग छ । कृषि तथा पशुपालनमा विशेष फाइदा होला । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ । यात्रा सुखदायी रहनेछ । मैत्रीभाव जागृत होला ।
वृश्चिक – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । धन कमाउने बाटाहरुको थालनी हुने योग छ । सोचेका काममा सहजरूपले सफलता मिल्नेछ । परिवारमा पनि सुखको माहोल बन्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । ऋण, रोग र शत्रुलाई जित्ने क्षमता अभिवृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
धनु – पुराना साथीसंगीसँगको भेटघाटले मन हर्षित हुने समय छ । परिवारमा खुशीको माहोल छाउला । नयाँ स्थानको यात्राले दिन रमाइलो बनाउला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । यात्रागत कार्यबाट केही धन पनि आर्जन हुने सम्भावना छ । आय वृद्धिका साथै उन्नति-पदोन्नति होला । सामथ्र्य वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । खर्च कटौतीका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
मकर – समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचेअनुरुप काम नहुने सम्भावना छ, आत्मविश्वास जागृत गरी दैनन्दिन कार्यमा ध्यान दिनु उचित होला । दैनिक प्रयोगको सामानमा खराबी आइ समस्या निम्तन सक्छ, सावधानी अपनाइ व्यवहार गर्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । खानपानमा ध्यान दिनु हितकर हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाह गर्न सक्षम हुहुनेछ ।
कुम्भ – मिश्रित फलदायी दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको विशेष काममा भने बाधा ब्यहोर्नु पर्ला । अरुको काम धेरै गर्नुपर्ने तर जश भने नमिल्ने देखिन्छ । परसेवाले आत्मिक सन्तुष्टि भने मिल्नेछ । छरछिमेकमा केही असमझदारी बढ्ने योग रहेकोले सजगताको दरकार छ । प्रतिष्पर्धामा सफलता प्राप्त हुनेछ । दौडधुप बढेपनि आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता नै मिल्ने समय छ ।
मीन – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय भएपनि सामान्य शारीरिक अस्वस्थताले दैनन्दिन व्यवहारमा असर पार्न सक्छ । अध्ययन तथा अध्यापन कार्यमा सफलता मिल्नेछ । बन्दव्यापारबाट पनि लाभ नै मिल्ने देखिन्छ । परहितको कार्यमा ध्यान दिए मान-सम्मान दिलाउनेछ । रसरागमा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काम बन्नुका साथै जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया