मध्य नाइजेरियामा एक पेट्रोल ट्याङ्करमा भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख अब्दुल्लाही बाबा-आराले शनिबार उत्तर-मध्य नाइजर राज्यको व्यस्त सडकमा पेट्रोल ट्याङ्कर पल्टिएको बताए ।
मानिसहरुले इन्धन निकाल्न खोजिरहेका बेला विस्फोट भएको थियो । घटनास्थलमा रहेको पावर जेनेरेटरको स्विच अन हुँदा विष्फोट भएको बताइएको छ ।
उद्धार कार्यका क्रममा थप पीडित भेटिएपछि घाइतेको सङ्ख्या ५५ जना रहेको बाबा आराले बताएका छन् । ‘नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले अन्य घाइते पीडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न सक्दो प्रयास गरिरहेको छ’, उनले भने ।
प्रतिक्रिया