आजको पञ्चाङ्ग एवम् राशिफल (९ माघ २०८१ बुधबार, २२ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ माघ २०८१ बुधबार, २२ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ ९ गते तद्अनुसार सन् २०२५ जनवरी २२ तारिख बुधबार माघ कृष्ण पक्षको अष्टमी तिथि चित्रा नक्षत्र स्वाती नक्षत्र शूल योग तैतिल करण आनन्दादिमा धूम्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः३५ मा हुनेछ । गोरखकाली पूजा ।

आजको राशिफल

मेष – आजको दिन कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुनेछ । सन्तान पक्षबाट सुखको अनुभुति होला । परिवारमा भने आर्थिक समस्याले सताउने देखिन्छ । नियमित काममा मना जाला । धनलाभको योग छ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रा सफल रहनेछ । आमोदप्रमोदको भाव जागृत हुनेछ ।

वृष – मिश्रित फलदायी दिन छ । अनावश्यक रुपमा डरको भाव पैदा हुनसक्छ । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने तथा समयमा निर्णय नहुदा काममा अवरोध आउने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले होसियारी अपनाउनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथले उत्साह बढ्नेछ ।

मिथुन – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । कसैबाट आदर पाइएला । जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – ब्यस्तता बढेपनि सोचेका काम पूरा भइ सुखको अनुभव हुने समय छ । रुपैयाँपैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्यसुखमा रमाइएला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । कतै निम्तोमा सहभागी हुने सम्भावना छ । अतिथिका रूपमा सम्मान पाइएला । आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने योग छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आजको दिन केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । अल्छीपनले सताउला, तर कार्यगति बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्ला । सबल स्वास्थ्यका लागि विशेष सावधानी अपनाउनु उचित हुनेछ । रसरागको भाव जागृत होला । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरि सुरु हुन सक्छन् । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट समर्थन एवम् धन पाइने सम्भावना छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – आजको दिन चिताएको काममा सफलता पाइनेछ । रमणीय र सुखद यात्राको योग छ । पुराना साथीसंगीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । धनलाभ हुने योग छ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामथ्र्य वृद्धि होला । आर्थिक क्रियाकलापमा कसैबाट समर्थन पाइएला ।

धनु – समाजिक सम्मान पाउने समय छ । अनौठो तरिकाबाट रुपैयाँपैसा कमाइने देखिन्छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमता वृद्धि हुनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

मकर – दिन खासै उत्साहजनक नरहने देखिन्छ । आर्थिक पक्षका क्रियाकलाप सुखद परिणामदायी सावित हुन मुस्किल पर्ने देखिन्छ । बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनुहोला । सामान्य रोगले सताउने योग छ । भौतिक सरसामनको क्षति हुने योग छ । कर्मबल बढेपनि खर्च वृद्धिका साथै आर्थिक अभाव देखापर्न सक्छ । अप्ठ्यारो अवस्थामा भने नियमकानूनले साथ दिनेछ ।

कुम्भ – बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ, आफन्तको सहयोग पनि प्राप्त होला । बिहानीपख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ । भाग्यबलका साथै सामर्थ्य बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – नचिताएको टाउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्न सक्छन् । आजको दिन पैसा कमाउने योग रहेकोले आर्थिक क्रियाकलापमा विशेष जोड दिएर लागिपर्नु उचित हुनेछ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला । आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । आफन्तको साथ मिल्नेछ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।