आजको पञ्चाङ्ग एवम् राशिफल (१० माघ २०८१ बिहीबार, २३ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० माघ २०८१ बिहीबार, २३ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ १० गते तद्अनुसार सन् २०२५ जनवरी २३ तारिख गुरुबार माघ कृष्ण पक्षको नवमी तिथि विशाखा नक्षत्र गण्ड योग वणि करण आनन्दादिमा प्रवर्द्ध योग, चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा भयो र सूर्यास्त साँझ १७ः३६ मा हुनेछ ।

आजको राशिफल

मेष – ब्यापारमा सोचेअनुरुपको फाइदा भइ आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार–व्यवसायमा फाइदा हुने समय छ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ला । शत्रु र रोग पन्छाउन उचित मौका जुर्ला, प्रयास गर्नु उचित हुनेछ । दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । पारिवारिक सुख बढ्नेछ ।

वृष – आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने देखिन्छ । तथापि, अनायासै खर्च बढ्ने योग छ, सतर्क रही व्यवहार गर्नुहोला । शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । आफन्तसुख बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – आजको दिन महत्वपूर्ण कामहरु अधुरै रहने तथा स्वास्थ्यले पनि त्यत्ति साथ नदिन सक्छ, कसैसँग ब्यर्थमा सामान्य वादविवाद पनि हुने सम्भावना छ, सजग रही व्यवहार गर्नुहोला । मनमा अनावश्यक डरले डेरा जमाउन सक्छ । समय प्रतिकुल रहेको अनुभूतिका बाबजुद पराक्रम भने बढ्ने देखिन्छ । बौद्धिकता र रचनात्मकता वृद्धि हुनेछ । यात्रागत कार्य सार्थक रहनेछ ।

कर्कट – मिश्रित फलदायी समय छ । घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउने देखिन्छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । घरपरिवारबाट पनि त्यत्ति सहयोग प्राप्त नहुने समय छ । कतिपयले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउने किसिमको व्यवहार महसूस गर्नुपर्ला । आर्थिक कारोबारले ब्यस्तता बढाउन सक्छ । । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – अधुरा कामहरु पूरा हुने र व्यवहारिक समस्याको समाधान मिल्ने समय छ । केही नयाँ काम आरम्भ हुन सक्छन् । धार्मिक एवम सामाजिक कार्यमा सहभागी हुनाले मन रमाउनेछ । पराक्रम वृद्धि होला । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनाले रमाइलो अनुभूति हुनेछ । मनोरञ्जनात्मक एवम् रसरागका क्रियाकलापमा सरिक होइएला । इष्टमित्रको साथ मिल्नेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनाले रमाइलोसँग बित्ने देखिन्छ ।

कन्या – आजको दिन सेवामूलक एवम् दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ । सोच्दैनसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ । साथीभाइसित बसेर फलदायी छलफल हुनुका साथै धनलाभको बाटो पत्ता लाग्ने योग छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । यात्रागत कार्यमा सफलता र सुख वृद्धि होला । पराक्रमका साथै मान-महत्व बढ्नेछ ।

तुला – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्न सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउला, साथै खर्च बढ्ने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनसक्छ, सजग रही व्यवहार गर्नुहोला । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण र रसरागको भाव वृद्धि हुनेछ ।

वृश्चिक – शुभता बढेर रोकिएको काम बन्नेछ, सामर्थ्य वृद्धि हुनेछ । जाँगरमा सुधार आउनुका साथै आफन्तले पनि सहयोग गर्नाले रोकिएका कामहरु बन्न थाल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको समाधान हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै निकट मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ ।

धनु – आजको दिन समस्याहरु आफै किनारा लाग्नेछन् भने धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । उद्योग, कलकारखानामा लगानी गर्दा विशेष फाइदा हुने देखिन्छ । सुखद एवम् फलदायी यात्राको योग छ । गरेको परिश्रमको पूरापुर सुखद परिणाम प्राप्त होला । प्रगतिको प्रशस्त सम्भावनाका कारण मनमा बेग्लै सुखको तरङ्ग पैदा होला । उन्नति पदोन्नति र आयवृद्धिको योग छ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – भाग्यबल बढ्नेछ । मित्रजनका साथै घरपरिवारबाट सुखशान्ति पाइएला । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । अनौठो र लाभदायक यात्राको योग छ । परिवारमा हल्का विवाद हुन सक्छ, सजग रही व्यवहार गर्नुहोला । सुख विलास बढ्नेछ । अध्ययन-अध्यापनमा मन जानेछ ।

कुम्भ – परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । खर्च वृद्धिका कारण मन अशान्त हुन सक्छ, धीर-गम्भीर रहने प्रयत्न गर्नु हितकर होला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । काममा केही बढी दौडधुप हुने देखिन्छ । यात्रागत कार्य बन्नेछ ।

मीन – आँटेगरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुने समय छ । परिवारबाट सुख मिल्ला । प्रेम प्रसंङ्गमा बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाव हुने देखिन्छ, ध्यान राख्नुहोला । यसका बाबजुद रसरागमा आकर्षण र दाम्पत्यसुख बढ्नेछ । महत्वपूर्ण कार्यमा जोखिम रहनेछ, आजका लागि थाती राख्नु उचित हुनेछ । शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।