आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०८१ शनिबार, २५ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०८१ शनिबार, २५ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ पौष १२ गते तद्अनुसार सन् २०२५ जनवरी २५ तारिख शनिबार पौष कृष्ण पक्षको एकादशी तिथि ज्येष्ठा नक्षत्र ध्रुव योग कौलव करण आनन्दादिमा मुशल योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा र सूर्यास्त साँझ १७ः३८ मा हुनेछ । षट्तिला एकादशीव्रत ।

आजको राशिफल

मेष – घरेलु समस्याले सताउन सक्ने समय रहेकोले काममा अवरोध आउने देखिन्छ । त्यसै-त्यसै दिक्क लागेर आउनेछ, तर आत्मविश्वास कमी हुनेछैन । बन्न लागेको काम पनि बिग्रन सक्ने योग छ । विशेष योजना गोप्य राख्नु हितकर होला । कठोर मिहिनेतले मात्र काम बन्नेछ । अर्काको काममा आजको दिन बित्नसक्छ ।

वृष – अप्रत्यासित आम्दानी बढ्ने र अर्थविकासका नयाँ योजनाहरु पनि सिर्जना हुने दिन छ । परिश्रमले अरुको विश्वास जित्न सकिनेछ भने अधुरा काम बनी मन हर्षित होला । पठन-पाठनसम्बन्धी कार्यमा पनि प्रगति हुनेछ । आर्थिक एवम् समाजिक लाभ मिल्ला । दाम्पत्यसुख बढ्नेछ । मित्रमिलन र मिठो भोजनको योग छ । यात्रापरक कामको सफलताले उत्साह बढ्नेछ ।

मिथुन – समय उत्साहजनक छ । भौतिक साधन जुट्नेछन् भने नउठ्ने रकम उठ्ने सम्भावना छ । प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धनको योग छ । आज लामै यात्राको सम्भावना पनि छ । कामहरू सजिलैसँग बन्नेछन् भने कामेच्छा पनि बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्ला । बौद्धिकता र रचनात्मकताका कारण समस्याको समाधान प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – आजको दिन केही चुनौती बढ्ने सम्भावना छ । इर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने छरछिमेकमा पनि विवादको योग रहेकोले विशेष सावधानीको दरकार छ । गलत विचार बढ्ने तथा उचित विषयमा पनि समयमै निर्णय गर्न नसक्दा अवसर फुत्किन सक्छ । आलस्यता छाउनाले काममा नकारात्मक पर्नसक्छ, सजग रहनुहोला । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ । संयमता अपनाउनु हितकर हुनेछ ।

सिंह – व्यापार-व्यवसायमा मिलेको सफलताले मन रमाउने समय छ । धन आर्जनको अवसर जुर्ला । जागीरको काममा पनि राम्रै छ । सामाजिक कार्यले प्रतिष्ठा दिलाउला । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका पाइनेछ । आजको दिन खर्च भने केही वृद्धि हुने देखिन्छ । नयाँ काममा हात नहाल्नु उचित हुनेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सहयोगले मन प्रफुल्ल तुल्याउला ।

कन्या – व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने उत्साहजनक समय छ । ठूला व्यक्तिको विश्वास र भरोसा तपाईंप्रति रहनाले महत्वपूर्ण उपलब्धि हात लाग्नसक्छ । बोलीकै भरमा काम बन्ने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । धार्मिक कार्यमा पनि मन जानेछ । समग्रमा दिन रमाइलोसँग बित्ने देखिन्छ ।

तुला – केही खर्च लागे पनि सोचेको काम बन्ने समय छ । सामाजिक कार्यमा मन जाला । विविध प्रकारका लाभ मिल्ने देखिन्छ । नयाँ मित्रको आगमनले मन प्रशन्न तुल्याउला । व्यावसायिक तथा लाभदायी यात्राको सम्भावना छ । सोचेका विशेष काम बन्नेछन् । सन्तान पक्षबाट भने खोजेजस्तो साथ-सहयोग नपाउँदा दुःखको अनुभूति हुनसक्छ ।

वृश्चिक – कठोर परिश्रमले लक्ष्यभेदनको सामर्थ्य बढेपनि आजको दिन राजनीति र समाजसेवाको क्षेत्रमा केही कठिनाइ या असहजताको सामना गर्नुपर्ला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । उपचारमा खर्च हुने योग छ । खानपानमा विशेष ध्यान दिनुहोला । फजुल कुरामा खर्च हुनसक्छ, योजना र बजेट बनाएरमात्र आर्थिक कारोबार गर्नु उचित हुनेछ । मित्रजन सहयोगी सावित हुनेछन् ।

धनु – दिन राम्रै छ । विभिन्न अवसरले पछ्याउनेछन् भने आय वृद्धि हुने देखिन्छ । नयाँ कामको अवसर पनि मिल्ला । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । अध्ययन-अध्यापनमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिनेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – शुभदायी समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ भने धनलाभ पनि होला । विगतको श्रमका साथै अहिले आँटेका काम पूरा भइ फाइदा मिल्न सक्छ । ब्यापारमा पनि सामान्यतया लाभ नै हुने देखिन्छ । कमाई बढ्नाले सुख वृद्धि होला । मिठा परिकारको आनन्द पाइने योग छ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – यात्राको लागि एकदम राम्रो समय रहेको छ । साथीभाइसंग भेटघाटले यात्रा पनि रमाइलो होला । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । आजको दिन भए-गरिएका कामबाट राम्रै लाभ मिल्नेछ । कर्मबल बढेर रोकिएका कामहरु बन्नेछन्, प्रयत्न गर्नुहोला । धनलाभको योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।

मीन – समय त्यति राम्रो छैन, गलत विचार बढ्नाले समयमा सहि निर्णय गन नसकिएला । स्वास्थ्य पनि केही कमजोर नै रहन सक्छ । सोच्दै नसोचेको ठाउँमा रकम खर्च हुने योग छ । सोचेअनुसार काम बन्न कठिन छ । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार–ब्यवसायमा घाटा ब्यहोर्ने अवस्था आउनसक्छ, सावधान रहनुहोला । धर्मकर्ममा मन दिनु हितकर हुनेछ ।