बैतडीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

बैतडीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते


बैतडी जिल्लाको सिगास गाउँपालिका-१ माडौंमा शनिबार (१२ माघ) बिहान भएको जिप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका-१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सिगास-१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपकाचालक फरार छन् ।