✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ १३ गते तद्अनुसार सन् २०२५ जनवरी २६ तारिख आइतबार माघ कृष्ण द्वादशी तिथि ज्येष्ठा नक्षत्र ७ः१३ पर मूल नक्षत्र व्याघात् योग कौलव करण ०ः२३ पर गर करण आनन्दादिमा काण योग चन्द्रमा वृश्चिक राशिमा ७ः१३ बजेसम्म त्यसपछि मूल राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा भयो र सूर्यास्त साँझ १७ः३८ मा हुनेछ ।
आजको राशिफल
मेष – दिन सोचेअनुसार अनुकुल नरहन सक्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काममा सफलता नमिल्नसक्ने सम्भावना छ । सहयोगी तथा मित्रजनहरू अकारण रुष्ट हुन सक्छन्, कार्य व्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । सजिलो ठानिएको काम पनि भारी पर्नसक्ने योग छ । आजको दिन यातायातका साधनबाट पनि विशेष जोगिने प्रयत्न गर्नुहोला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
वृष – पारिवारिक समस्या बढेपनि रुचिका विषयमा लगानी बढाउन सकिने समय छ । नसोचेको ठाउँबाट आम्दानी हुनसक्छ । सहयोगीहरूले काममा साथ दिनेछन्, जसबाट पराक्रम वृद्धि हुने देखिन्छ । । कार्यगति र आँट वृद्धि हुनेछ, तर जटिल लागेको काममा आजको दिन जोखिम नमोल्नु नै बेस रहनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक कर्ममा सफलता मिल्नेछ । आफन्तको साथ-सहयोगले यात्रापरक काम बन्नेछ ।
मिथुन – व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा तथा आर्थिक लाभ हुने दिन छ । काममा जोश जाँगर आउनाले मन प्रफुल्ल रहला । सेयरबजारका काममा सफलता मिल्न सक्छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुने योग छ । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त होलान् । जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेको समय हुनाले सतर्क रही बोली र व्यवहार गर्नुहोला । अनायसै आर्थिक क्षति हुनसक्छ, सावधान रहनुहोला । परिवारजनमा असमझदारी बढ्नाले मनमा पीडा थपिन सक्छ । अभिभावक वर्ग पनि रुष्ट हुन सक्छन्, संयमताको दरकार छ । प्रतिकुलताका बाबजुद मनमा प्रेमभाव बढ्नेछ । निकटका साथीभाइहरू सहयोगी बनेर देखापर्न सक्छन् । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – नियमित काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने समय भएपनि व्यापार–व्यवसायमा भने लाभ नै मिल्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । सकारात्मक कर्मकै कारण मानसम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने योग छ । प्रेमभावका साथै आरोग्यबल बढ्नेछ । पारिवारिक सुख रहनेछ ।
कन्या – सकारात्मक कार्यको लागि व्यस्तता वृद्धि हुनेछ । सोचेको काम बन्नाले मन हर्षित रहला । विशेष कार्यमा मान्यजनको साथ, समर्थन र आशीर्वाद मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त तथा मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । आफ्नो कार्यक्षेत्रमा वर्चश्व बढ्नेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइएला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ
तुला – सामान्यतया दिन ठिकै छ । पारिवारिक सुख-समृद्धि बढ्नेछ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् भने कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने देखिन्छ । कुनै नयाँ कामको स्रोत फेला पर्ने योग छ । जागिरको काममा भने केही समस्या देखापर्न सक्छ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहला ।
वृश्चिक – दिन केही चुनौतीयुक्त रहला । सानातिना काम तथा घरेलु समस्यामै अल्झनुपर्ने समय छ । भौतिक साधनको क्षति हुने सम्भावनाका कारण विशेष सतर्कताको खाँचो छ । सोच्दैनसोचेको ठाउँमा धन खर्च हुने योग छ । सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ, सजगता अपनाउनुहोला । खानपिनको अवसर जुरेपनि मनलाई नियन्त्रण गर्नु हितकर हुनेछ । शत्रुपक्षले चाहेर पनि हानी गर्न सक्नेछैन ।
धनु – दैनिक कामकाज सजिलै सम्पन्न हुने र रोकिएका कामहरु बन्ने दिन छ । सहयोगीजन एवम् साथीभाइहरुले काममा राम्रो साथ दिनेछन् । कृषिकार्यबाट राम्रो लाभ लिन सकिएला । नयाँ जिम्मेवारी पाइने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने सकिनेछ । आरोग्यबलका साथ आम्दानी बढ्ने देखिन्छ । दिन रमाइलो साथ बित्ला ।
मकर – समय उत्साहवर्द्धक छ । तपाईंको व्यवहारको प्रशंसा गर्नेहरू बढ्नेछन् । ब्यापारबाट पनि राम्रै फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग छ । धनलाभ होला, जसका कारण काममा जाँगर चल्नेछ । शत्रुलाई जित्ने सामर्थ्य र सुख विलासको परिवेश बन्नेछ । जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।
कुम्भ – बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । आयबल बढ्ला । आफन्तजनको सहयोग मिल्नुका साथै टाढाको यात्राबाट धन प्राप्त हुने योग छ । आजको दिन अवसर आए पनि एकदम विचार गरेरमात्र नयाँ काम सुरु गर्नु उचित होला । कतै टाढाको यात्राको संभावना छ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – आजको दिन घरायसी समस्याको पीडाले मनमा डेरा जमाउन सक्छ । भौतिक साधनको क्षतिले खर्च हुने सम्भावना छ, सावधानी अपनाउनुहोला । स्वास्थ्यगत कमजोरीले सताउने योग छ । नियमित कर्ममा खासै मन नजाला । लेखन÷प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया