आजको पञ्चाङ्ग एवम् राशिफल (१४ माघ २०८१ सोमबार, २७ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ माघ २०८१ सोमबार, २७ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ १४ गते तद्अनुसार सन् २०२५ जनवरी २७ तारीख सोमबार माघ कृष्ण त्रयोदशी तिथि पूर्वाषाढ़ा नक्षत्र मूल नक्षत्र ८ः२० पर पूर्वाषाढ़ा नक्षत्र हर्षन योग गर करण आनन्दादिमा लुम्ब योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा र सूर्यास्त साँझ १७ः३९ मा हुनेछ । सोमप्रदोषव्रत ।

आजको राशिफल

मेष – दिन चुनौतीयुक्त रहने देखिन्छ । व्यक्तिगत काममा सोचेभन्दा ज्यादा समय र धन खर्च होला । महत्वपूर्ण काममा बिघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने योग छ, सावधान रहनु होला । धर्मकर्मले मनमा शान्ति देला । यात्रागत कार्य सफल रहनेछ । इष्टमित्र सहयोग ीबनेर देखापर्लान् ।

वृष – दौडधुप र केही जोखिम बढेपनि काममा जाँगर कायम रहने समय छ । नयाँ योजनामा मन जानाले गरिरहेको काम ओझेलमा पर्नसक्छ । कसैलाई दिइएको वचन वा बाचा पूरा हुने दिन रहेको छ । काममा पूर्ण समय र ध्यान लगाएपनि परिश्रमअनुसार लाभ भने खासै मिल्ने देखिन्न । टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । अन्य कुरामा भने सुखले साथ दिने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – नयाँ काम सुरु गर्ने समय छ । अतिरिक्त आयआर्जन होला । केही नयाँ कामका लागि परिवारजनको उचित सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुने योग छ । आश मारेको सापटी रकम पनि उठ्ने सम्भावना बढेको छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन । साझेदारीको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – सामाजिक क्षेत्रमा बढी मन जाने समय छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् भने आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । रचनात्मक काममा जुट्नु उपयुक्त होला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । साहस वृद्धि र प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । कर्मबल बढ्नेछ । स्वास्थ्य सबल रहनुका साथै रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन अनावश्यक वादविवादमा पर्ने सम्भावना रहेकोले बोली र विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा अनावश्यक विवाद हुन सक्छ, सजग रही व्यवहार गर्नुहोला । हातहतियारबाट जोगिन विशेष प्रयत्न गर्नुपर्ने समय छ । पारिवारिक खर्चको मात्रा बढ्ने देखिन्छ । सन्तानसुख बढ्नेछ तर परिवारका कसैसँग मनमुटाव हुनसक्छ ।

कन्या – नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । आवश्यक जाँगर नचल्नाले कामहरु अधूरै रहने सम्भावना छ । मान–सम्मानमा आघात पर्ने योग छ, सावधानीपूर्वक व्यवहार गर्नुहोला । जागिरमा पनि समस्या हुनसक्छ, तथापि श्रमको उचित मूल्यांकन हुने देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।

तुला – सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ने समय छ, यसले मान प्रतिष्ठा पनि बढाउला । चल–अचल सम्पत्तिको कारोवार हुनसक्छ । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, वैवाहिक जीवन सुखी हुने खालको दिन छ । पारिवारिक आवश्यकता पूर्ति होला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । स्वास्थ्य पनि सबल नै रहनेछ । साहसिक काममा विशेष आकर्षण बढ्नेछ ।

वृश्चिक – प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने समय छ । परिवारबाट टाढा बस्नुपर्ला तर पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । साहित्यिक कार्यमा मन जानेछ । यात्रागत कार्यबाट धनको लाभ पनि होला । वाहन चौपाया आदिको कामबाट राम्रै फाइदा हुने देखिन्छ । मित्रमण्डलीबाट मान प्राप्त हुने योग छ । आरोग्यता रहनेछ ।

धनु – आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला, । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । मौसमी रुघाखोकीबाट जोगिने प्रयत्न गर्नु उचित हुनेछ । नसोचेको ठाउँमा धननाश हुने सम्भावना छ, सजग रही व्यवहार गर्नुहोला । बौद्धिक र रचनात्मक कार्यमा भने आंशिक सफलता मिल्ला । प्रतिकुलताका बाबजुद गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ने देखिन्छ ।

मकर – शुभदायी समय छ । जटिल ठानिएका कामहरु पनि सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको दिन छ । समस्यामा मित्रजनबाट समर्थन पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । अधुरा काम सम्पन्न हुने योग छ । पढाइलेखाइमा पनि मन जानेछ । यात्रापरक काम बन्नेछ । परिवारिकसुख र उत्साह बढ्नेछ ।

कुम्भ – आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने समय छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित रहला । सोचेभन्दा बढी नै लाभ हुने योग छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । व्यापार व्यवशायमा उन्नति हुनेछ । मिठो भोजन प्राप्त होला । सामथ्र्य वृद्धि हुनाले जटिल काममा पनि सफलता मिल्ने देखिन्छ ।

मीन – आजको दिन आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनुपर्ने समय छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहला । सानो प्रयासले रोकिएको काम बन्नेछ र, आम्दानीको स्रोत समेत बढ्ने योग छ, तर खर्च पनि बढ्ने देखिन्छ । साझेदारीको काम बन्नेछ । रसरागको भाव जागृत होला ।