✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ १५ गते तद्अनुसार सन् २०२५ जनवरी २८ तारिख मंगलबार माघ कृष्णपक्षको चतुर्दशी तिथि पूर्वाषाढ़ा नक्षत्र ८ः५६ पर उत्तराषाढा नक्षत्र बज्र योग भद्रा करण १ः५७ पर चतुष्पाद करण आनन्दादिमा मित्र योग चन्द्रमा धनु राशिमा दिउँसो १५ः०० बजेसम्म त्यसपछि मकर राशिमा भ्रमण शील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा भयो र सूर्यास्त साँझ १७ः४० मा हुनेछ ।
आजको राशिफल
मेष – व्यस्तता वृद्धि हुनेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिलेपनि नसोचेको ठाउमा खर्च हुन सक्छ । अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । व्यवहारिक विषयलाई लिएर मनमा चिन्ता बढ्ने योग छ । धनमाल हराउन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । यात्रागत कार्य सार्थक रहनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
वृष – आजको दिन मिश्रित फलदायी रहला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित परिणाम प्राप्त हुन नसक्ने समय छ । भाग्यले खासै साथ दिनेछैन । खर्च बढ्नुका साथै लेनदेनमा विवाद आउन सक्छ, संयमतापूर्वक काम गर्नुहोला । चिताएको काम पूरा नभएपनि अचानक उत्साहजनक समाचारले हर्ष बढ्नसक्छ । आफन्तमिलनले सुख दिने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला ।
मिथुन – सानो प्रयत्नले पनि ठूलै काम सम्पादन हुने समय छ । व्यापारमा सफलता मिल्नेछ भने लाभदायी यात्राको अवसर जुर्नसक्छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । आर्थिक उपार्जनको योग छ तर व्यर्थको खर्चले मन पिरोल्न सक्छ । पराक्रम वृद्धि भइ साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकताको सही प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – विशिष्टजनको विशेष सहयोग जुट्नाले आर्थिक कार्यमा राम्रै लाभ मिल्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । अधुरा काम बन्ने र नोकरी एवम् राजनीतिमा उत्साहजनक सफलता प्राप्त हुने योग छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ । प्रेमभाव का साथै रसरागमा आकर्षण बढ्ने देखिन्छ ।
सिंह – आश्वासन दिएर झुक्याउनेहरूले सताउनसक्ने समय रहेकोले गोपनीयतामा ध्यान दिँदै सचेत रहनु हितकर होला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । निकटका साथीसंगीबाट पनि धोका हुनसक्ने सम्भावना छ । तथापि, अथक परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रै प्रगति होला । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । सन्तानसुख बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला, कार्यमा हैरानी बढ्न सक्छ । तर, कीर्तिमानी काम सम्पादन हुनसक्ने योग छ । विभिन्न अवसर पाइनेछ भने व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग मिल्ने देखिन्छ । जागिरको काममा केही त्रासको माहोल बन्न सक्छ, सजग रहनुहोला । आगो र मेसिनरी सामग्रीबाट जोगिन आज विशेष सजगता अपनाउनु हितकर होला ।
तुला – सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्ने देखिन्छ । सामाजिक काममा रुचि बढ्नेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ नै मिल्ने योग छ । धन आर्जनको दृष्टिले राम्रो दिन छ । तथापि, मान–सम्मान मिले पनि मनमा डर रहला । साहसिक काममा आकर्षणका साथै यशवर्चश्व बढ्नेछ ।
वृश्चिक – एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने अप्रत्याशित लाभको योग छ । नयाँ कामका स्रोत फेला पर्लान् । नयाँ ज्ञान पनि सिक्ने अवसर जुर्नेछ । लेखाइपढाइमा प्रगति होला । रोकिएको काम मिहेनतले बन्नेछ । आरोग्यबल वृद्धि होला । समग्रमा दिन मनोरञ्जनपूर्ण ढंगले बित्ने देखिन्छ ।
धनु – नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । अनावश्यक झमेलामा परिने र पीडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सवधान रहनुहोला । सबल स्वास्थ्यका लागि आज खानपानमा पनि विशेष सावधान रहनुहोला । आर्जित धन बचत हुने प्रवल सम्भावना छ । रसरागात्मक काममा आकर्षण रहनेछ तर विपरीतलिङ्गीसँग आज दूरी बनाउनु नै हितकर हुनेछ ।
मकर – लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । तथापि, पीडा दिनेहरु सक्रिय हुन सक्छन्, सावधान रहनु होला । खर्च पनि केही वृद्धि हुनेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनाले मन उल्लसित रहनेछ । शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – व्यवहारिक क्षेत्रमा मन लाग्ने तथा मेहनतले प्रतिस्पर्धाको दौड जिताउनसक्ने समय छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा पनि फाइदा नै हुनेछ । आफूले सोचेभन्दा बढी नै लाभ हुने योग छ । काममा मातापिताको सहयोग प्राप्त होला । आयबल बढ्नेछ । राम्रो कमाइका कारण सुख मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।
मीन – भाग्यबल वृद्धि भइ सुख-सुविधाको बस्तु बढ्नेछन् । सुख विलास मिल्ने देखिन्छ । साथै, धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनतले सफलता दिलाउनेछ । काममा मन जानेछ भने मिठो भोजन प्राप्त हुने योग छ ।
प्रतिक्रिया