✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ १६ गते तदनुसार माघ कृष्ण पक्षको अमावश्या तिथि तद्अनुसार सन् २०२५ जनवरी २९ तारिख बुधबार उत्तराषाढा नक्षत्र ९ः३ पर श्रवण नक्षत्र सिद्ध योग चतुष्पाद करण ०ः५० पर किंस्तुघ्न करण आनन्दादिमा मुद्गल योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा भयो र सूर्यास्त साँझ १७ः४१ मा हुनेछ । दर्शश्राद्ध, शहीद दिवस ।
आजको राशिफल
मेष – बिनाकारण अनेक चुनौती सामना गर्नुपरे पनि आजको दिन आयआर्जनका स्रोत भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ भने राजनीतिमा सक्रिय पात्रका लागि विशेष सफलता प्राप्त हुने समय छ । उन्नति पदोन्नति होला । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आमोदप्रमोदको भाव वृद्धि होला ।
वृष – कर्मयोग अभिवृद्धि हुनेछ, तर सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने समय छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ला । मातापिताका बारेमा चिन्ता बढ्नेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको सम्भावना छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आजको दिन अरुको भर नपर्नु उचित हुनेछ ।
मिथुन – प्रियजनसँग भेटघाट र प्रशन्नताको समय भएपनि दिन केही चुनौतीयुक्त नै रहला । एक्लोपनाको अनुभूति हुनेछ । विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउला । तर, पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट – मिश्रित फलदायी समय छ । आँट र कौशलले जटिल कामसमेत सम्पादन हुनसक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्ने देखिन्छ । तथापि, परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । प्रेमभाव बढ्नेछ । विपरीतलिंगीको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह – रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइलेखाइमा प्रगति हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने देखिन्छ । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, ध्यान राख्नुहोला । विद्यार्थीजनका लागि अनुकूल समय छ । अतिरिक्त आम्दानी बढ्नेछ । मनोरञ्जनात्मक कार्यक्रममा आकर्षण बढ्नेछ ।
कन्या – कार्यगति बढ्ने, तर्कशक्तिमा निखार आइ जटिल समस्यालाई पनि चिर्न सकिने समय छ । बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा विदेशमा अध्ययनका लागि अवसर जुर्ने सम्भावना छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्यमा मन जाला । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला – बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउनसक्ने समय छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्ला, ध्यान राख्नुहोस् । सन्तानपक्षबाट फाइदा र सुख मिल्ने, रोकिएका काम सुरु हुने योग छ । तर, स्वास्थ्यमा बाधा र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्न सक्छन्, व्यवहारमा सावधानी अपनाउनु उचित होला । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय अनुकूल देखिन्छ ।
वृश्चिक – आजको दिन साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । तथापि, धेरै परिश्रमबाट थोरै लाभ मिल्ने र घरखर्च पनि बढ्ने देखिन्छ । शिक्षामा राम्रो प्रगति होला । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । आफन्तको साथ–सहयोग प्राप्त हुनेछ । आरोग्यबल बढ्ला । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – विश्वासमा पारेर धोका दिनेहरूले सताउन खोजेपनि रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्ने समय छ । आरोग्यबल बढ्नुका साथै सुख वृद्धि हुनेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् । पढाइलेखाइको दृष्टिले अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला ।
मकर – सामाजिक प्रतिष्ठा बढ्ने तथा मानसम्मान पाइने समय छ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । नयाँ सफलता प्राप्त होला । साझेदारीमा भने सम्बन्धमा खटपट आउन सक्छ, अप्ठ्यारोमा पर्नुअघि नै सावधानी अपनाउनुहोला । स्थायी सम्पत्ति आर्जन गर्ने योग छ । रोकिएको काम तथा यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । इष्टमित्र सहयोगी रहनेछन् ।
कुम्भ – आजको दिन नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धिको उपयोगले महत्वपूर्ण काम लिने समय छ । बुद्धि–विवेकको उपयोग गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेर विशेष अवसर हात पार्न सकिएला । स्थायी सम्पत्ति जोड्ने योग छ । सामथ्र्य वृद्धि होला । काममा सफलता मिल्नुका साथै रमाइलो जमघटमा सरिक होइएला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्य सार्थक रहनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मीन – आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइने समय छ । भाग्य प्रबल रहला । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइने योग छ । व्यवसायमूलक भ्रमण हुनसक्छ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आफन्तको साथ मिल्नुका साथै सुख सुविधाका वस्तु बढ्नेछन् । जस्तोसुकै समस्याको पनि समाधान मिल्नेछ ।
प्रतिक्रिया