तौलिहवामा राजा ज्ञानेन्द्रको भब्य स्वागत

तौलिहवामा राजा ज्ञानेन्द्रको भब्य स्वागत


  • कपिलवस्तु प्रतिनिधि

पूर्व श्री ५ ज्ञानेन्द्र शाहले कपिलवस्तुको तौलिहवास्थित प्रचिन ताम्रेश्वरनाथ (तौलेश्वरनाथ) महादेव मन्दिरमा पूर्जाअर्चना गर्नुभएको छ । मंगलबार (१५ माघ) टाइगर प्लालेसबाट भैरहवा हुँदै तौलिहवा आउनुभएका भएका राजा ज्ञानेन्द्रले दिउँसो तौलेश्वरनाथ महादेव मंदिरमा पूजा अर्चना गर्नुभएको हो ।

दुई सातादेखि भैरहवा सेरोफेरोमा रहनुभएका राजाको स्वागतका लागि जिल्लामा स्वागतको बृहत तयारी गरिएको थियो ।

राजा ज्ञानेन्द्र शाहले प्रशासनचौकबाट चौकबजार हुँदै मन्दिरको पूर्वीद्वारबाट प्रवेश गरी करिव आधा घण्टा पूजापाठ गर्नुभएको थियो । सो क्रममा स्वस्तिवाचनसहित शिवजी मन्दिरमा पूजापाठ गराइएको थियो । पूर्व श्री ५ लाई सदरमुकाममा झाँकी र पञ्चैबाजाले स्वागत गर्दै नागरिक अभिनन्दन गरिएको थियो ।

प्रशासनचोकदेखि मन्दिरसम्म जम्मा भएका नागरिकले उहाँलाई फुलको गुच्छा र खादा दिएर तस्बिरहरु खिचाएका थिए । मन्दिर प्रवेशका क्रममा राजा ज्ञानेन्द्रलाई प्रचिन ताम्रेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्तासहितका व्यवस्थापन समितिका सदस्य, नागरिक समाजका अगुवा, ब्रह्मकुमारी र पञ्कन्याले स्वागत गरेका थिए ।

मन्दिर समितिका प्रतिनिधिले राजा ज्ञानेन्द्रलाई प्रचिन ताम्रेश्वरनाथ महादेव मन्दिरको स्थापना र महिमाबारे बर्णन गरी सुनाएका थिए । स्वागत कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, शिवराज नगरपालिकाका प्रमुख अजय थापासहित ठुलो संख्याका राप्रपा र राजासमर्थित व्यक्तित्व तथा आम नागरिकको सहभागिता रहेको थियो ।