✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ १९ गते तद्अनुसार सन् २०२५ फरवरी १ तारिख शनिबार माघ शुक्ल पक्षको तृतीया तिथि १४ः१९ पर चतुर्थी तिथि शतभिषा नक्षत्र ६ः५५ पर पूर्वाभाद्रपद नक्षत्र परिघ योग वणि करण आनन्दादिमा आनन्द योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५३ मा भयो र सूर्यास्त साँझ १७ः४३ मा हुनेछ । तिलकून्द चौथी ।
आजको राशिफल
मेष – बोली, व्यवहार र विचारले धेरैलाई आकर्षण गर्न सकिने समय छ । नियमित कार्यमा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । सामाजिक मान-सम्मान बढ्ला । बोलीको भरमा काम सम्पादन हुने योग छ । स्वास्थ्य सबल रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ । इष्टमित्रबाट सहयोग मिल्नुका साथै आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।
वृष – मिश्रित फलदायी समय छ । तपाईंको व्यवहारले मित्रवर्ग प्रभावित बन्नेछन् भने प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा राम्रो साथ दिनेछन् । नियमित कर्मबाट आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ । तथापि, श्रमअनुसार प्रतिफल कमै मिल्ने देखिन्छ । भएको आम्दानी सञ्चय गर्न मुस्किल पर्ला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । साहस बढ्नेछ, यात्रापरक काम बन्नेछ । परिवारिक सुखको अवस्था रहला ।
मिथुन – जाँगर नचले पनि कामको दायित्व बढ्ने समय छ । पारिवारिक खर्च बढ्नाले उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुनसक्ने सम्भावना छ, सचेत रहनुहोस् । आफ्नो अधिकारका लागि अतिरिक्त प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तर, शत्रुपक्ष परास्त हुनेछ र प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । धर्मकर्म तथा सामाजिक क्रियाकलापमा आकर्षण बढ्नेछ । जस्तोसुकै समस्याको समाधान मिल्ने देखिन्छ ।
कर्कट – धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । रोकिएका काम सम्पादन हुनेछन् भने विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ने देखिन्छ । प्रतिष्ठित काम गरेर प्रशंसित भइएला । व्यापार तथा उद्योगतर्फ भने जोखिम बढ्न सक्छ । साथीभाइबाट सहयोग प्राप्तिका कारण उत्साह वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइने समय छ । विशिष्ट व्यक्तित्वसँग भेटघाटले आत्मविश्वास जागृत होला । प्रशंसकहरू बढ्नेछन् । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । विगतको श्रमबाट धनलाभ हुने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् । रसरागको भाव वृद्धि होला । दाम्पत्यसुख बढ्नेछ । शारीरिक आरोग्यता रहनेछ ।
कन्या – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा मिल्नाले दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृद्धि र यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइ सहयोगी बनेर देखापर्लान् । कार्यगति बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
तुला – आजको दिन सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्न सक्छ, सोचविचार गरेर मात्र कामको यात्रामा निस्कनु हितकर होला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ, ध्यान राख्नुहोला । पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
वृश्चिक – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनसक्ने समय छ । इष्टदेवको पूजा-उपासना गर्नाले मनमा शान्ति र लाभ मिल्नेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । सामाजिक क्रियाकलापमा सक्रियता र सामथ्र्य वृद्धि हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुलाई परास्त गर्ने क्षमता रहनेछ ।
धनु – रोकिएका काम सम्पादन हुनेछन् । बौद्धिक क्रियाकलाप अभिवृद्धि होला । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्नेछ । सामाजिक प्रतिष्ठा बढ्नुका साथै विशेष कार्यमा मातापिताको सहयोग प्राप्त हुनेछ । आर्थिक अभावले भने अलिक सताउन सक्छ, योजना र बजेट बनाइ कार्य गर्नुहोला । कृषि-चौपायाबाट लाभ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर – भाग्योन्नतिको समय छ । आर्थिक उपार्जनमा सुधार आउला । विशेष परिश्रम परे पनि उपलब्धि राम्रै मिल्ने देखिन्छ । धन आर्जको योग छ । पराक्रम र उत्साह बढ्नेछ । सामाजिक मान–सम्मान मिल्नेछ । आरोग्यता रहला । दायित्व निर्वाहमा सफलता र सन्तुष्टिको विशेष अनुभूति हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – आजको दिन मनोरञ्जनपूर्ण रहला । व्यावसायिक यात्राको सम्भावना छ । अलिक बाध्यताका काममा जुट्नुपर्ला, तर आम्दानी बढ्ने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त हुनेछन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।
मीन – पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने देखिन्छ । तथापि, परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न चाहे उचित समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । धार्मिक क्रियाकलापमा संलग्नता रहला ।
प्रतिक्रिया