आजको पञ्चाङ्ग एवम् राशिफल (२१ माघ २०८१ सोमबार, ३ फरवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ माघ २०८१ सोमबार, ३ फरवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ २१ गते तद्अनुसार सन् २०२५ फरवरी ३ तारिक सोमबार माघ शुक्ल पक्षको पञ्चमी तिथि ९ः५८ पर षष्ठी तिथि रेवती नक्षत्र सिद्धि योग ६ः१५ पर साध्य योग कौलव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मा भयो र सूर्यास्त साँझ १७ः४५ मा हुनेछ । वसन्त पञ्चमी, श्रीपञ्चमी, सरस्वती पूजा, रतिकाम पूजा, हलसारो गर्ने ।

आजको राशिफल

मेष – अवसर आए पनि बेलैमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना रहेकोले धैर्यले काम लिनुपर्ने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च वृद्धि होला । दैनन्दिन कार्यमा पनि केही चुनौतीहरू देखिने योग छ । अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला । अनावश्यक व्यस्तता बढ्नेछ, संयमताका साथ कार्य-व्यवहार गर्नु हितकर हुनेछ ।

वृष – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । सामान्य आम्दानी भइरहला । व्यवसायमा फाइदै हुनेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । यात्रामा धनमाल हराउन सक्ने योग रहेकोले सचेत रहनुहोला । प्रगतिको दर बढ्नेछ । बौद्धिक र रचनात्मक काममा पनि विशेष सफलता मिल्ने देखिन्छ । पारिवारिक समस्याको समाधान हुनेछ । आफन्तको साथले उत्साह वृद्धि होला ।

मिथुन – मिश्रित फलदायी समय छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ भने प्रयत्न गर्दा लाभदायी यात्राको प्रक्रिया अघि बढ्न सक्छ । छरछिमेकमा केही असमझदारी र पतिपत्नीमा अविश्वास बढ्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – नियमित कर्मका अलावा सामाजिक उत्तरदायित्वसमेत वहन गर्नुपर्ने दिन छ । रोकिएका काम सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीयभाव बढ्नेछ भने भूमि तथा मातृधनबाट लाभ लिने समय छ । ब्यस्तताका साथै महत्वपूर्ण काममा जोखिम बढ्न सक्छ । साथीभाइको सहयोग प्राप्त हुनाले रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । गरी आएका काम र व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ, तर अधिकार सुरक्षा गर्न जुट्नुपर्ने देखिन्छ । शोख पूरा गर्नमा केही खर्च बढ्ने योग छ । रसरागको भाव वृद्धि हुनुका साथै दामपत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । बौद्धिक कार्य सार्थक रहला ।

कन्या – समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने दिन छ । लगनशीलताले कीर्तिमानी दिलाउला । शत्रु र रोगबाट छुटकारा मिल्नेछ भने मुद्दा-मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने योग छ । प्रेम भाव वृद्धि र सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । समस्यामा मित्रजनको साथ प्राप्त हुनाले कार्यगति बढ्नेछ ।

तुला – कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । प्रेमभावका साथै आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ । धन सम्पदामा बढोत्तरीको योग छ ।

वृश्चिक – आजको दिन बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने सम्भावना छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । चुनौतीका बाबजुद पराक्रम बढ्नेछ । रोकिएको काम कठोर मिहिनेतबाट बन्नेछ ।

धनु – गोपनीयतामा विशेष ध्यान दिनसके आश मारेको काम बन्ने समय छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । मित्रजनको सहयोगले महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोगले उत्साह जगाउनेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।

मकर – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ला । नयाँ जिम्मेवारी पाइनाले दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । यात्रामा सफलता र मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

कुम्भ – नियमित कार्यमा चुनौती बढेपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने समय छ । पढाइलेखाइमा प्रगति होला । प्रतिभाको कदर हुनेछ । सामथ्र्य वृद्धिले काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मीन – लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने समय छ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ भने स्वाास्थ्यगत सामान्य समस्याका बाबजुद हिम्मतले काम लिन सकिनेछ । मित्र एवम् आफन्तको साथ मिल्नाले सुख-आनन्द बढ्ला । साझेदारीको काम बन्नेछ ।