✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ २३ गते तद्अनुसार सन् २०२५ फरवरी ५ तारिख बुधबार माघ शुक्ल पक्षको अष्टमी तिथि, भरणी नक्षत्र शुक्ल योग भद्रा करण आनन्दादिमा काण योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५० मा भयो र सूर्यास्त साँझ १७ः४६ मा हुनेछ । बुधाष्टमीव्रत, गोरखकाली पूजा, भीमाष्टमी व्रत ।
आजको राशिफल
मेष – पारिवारिक समस्याको समाधान मिल्ने समय छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनाले समयको सदुपयोग हुनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आजको दिन आर्थिक कारोबार भने सकभर नगर्नु हितकर होला । आमोदप्रमोदको भाव जागृत हुनेछ ।
वृष – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । तर, लगनशीलताले राम्रै उपलब्धि दिलाउन सक्छ । समय लागे पनि चाहेको काम सम्पादन हुनेछन् । विशेष योजनामा परिवारजनको सहयोग लिनु हितकर हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ, जसले आनन्द वृद्धि गराउला । आश मारेको कामले सार्थकता पाउन सक्छ, प्रयत्न गर्नुहोला । रचनात्मक काममा मन जानेछ । परिवारिकसुख बढ्नेछ ।
मिथुन – केही चुनौतीको सामना गर्नुपरे पनि व्यापार-व्यवसायमा लाभ हुने समय छ । आय बढ्नेछ । व्यवसाय विस्तारका लागि यात्रा हुन सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धाको योग छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुनसक्छ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । सुखद यात्राको सम्भावना छ ।
कर्कट – दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूर्तिका लागि खर्च भने केही बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यपनले अवसर गुम्न सक्छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । नयाँ काममा फड्को मार्न सकिएला । रसरागमा आकर्षण रहनेछ ।
सिंह – भाग्यबल बढ्नाले बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । कामको सिलसिलामा नयाँ ज्ञान सिक्ने मौका जुर्ने देखिन्छ । आम्दानी बढ्नुका साथै नयाँ सवारी साधन प्राप्तिको योग छ । तथापि, अरूको भरपर्दा काम रोकिने र हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
कन्या – संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ । शत्रुहरू किनारा लाग्नेछन् । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिएला । सहयोगीहरूले राम्रो साथ दिनाले अनुकुलताको अनुभूति हुनेछ । कार्यगति बढेर समस्याको समाधान दिलाउनेछ । आफन्तजन सहयोग ीबनेर देखापर्नेछन् ।
तुला – इर्ष्यालुजनहरू काममा अवरोध गर्न अग्रसर हुनसक्ने समय रहेकोले आफ्ना योजना गोप्य राखेर अघि बढ्ने प्रयास गर्नुहोला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा भने केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ, कार्य-व्यवहारमा ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन जानेछ ।
वृश्चिक – व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने समय छ । रोकिएका काम बिस्तारै बन्नेछन् । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, सजग रहनुहोला । प्रतिस्पर्धामा विजयी भइनेछ । स्वादिष्ट भोजनमा मन रमाउला । आरोग्यबल बढ्नेछ । सामथ्र्य वृद्धि हुनाले रोकिएको काम अघि बढ्ने योग छ ।
धनु – आजको दिन नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्नु हितकर सावित हुनेछ । अनावश्यक भेटघाटमा अलमलिँदा महत्वपूर्ण काम पछि पर्नसक्छ, ध्यान दिनुहोला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मकर – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुन सक्छ । कमजोर मानसिकताले पछि परिने सम्भावना छ, हिम्मत गरेर पुरुषार्थी काम सम्पादनको प्रयत्न गर्नुहोला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रयत्न गर्दा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समस्यामा नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ – गरिएका कर्मको उचित प्रतिफल पाइने समय भएपनि पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । दिनको शुरुवात प्रतिकुल जस्तो अनुभूति भएपनि आजको दिन राम्रै धनार्जनको योग छ । पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिएला । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । साझेदारीको काम बन्नेछ । सुख-सुविधाको वस्तुका साथै सुख विलास पनि बढ्ने देखिन्छ ।
प्रतिक्रिया