✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ २४ गते तद्अनुसार सन् २०२५ फरवरी ६ तारिख बिहीबार माघ शुक्ल पक्षको नवमी तिथि कृतिका नक्षत्र ब्रम्हा योग बालब करण आनन्दादियोगमा लुम्ब योग चन्द्रमा वष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५० मा र सूर्यास्त साँझ १७ः४७ मा हुनेछ । द्रोणनवमी ।
आजको राशिफल
मेष – व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । तर, अनावश्यक प्रतिस्पर्धामा होमिँदा कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । आजको दिन परिवार तथा साथीभाइको सहयोग प्राप्त होला, साथै धनलाभको योग रहेको छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम अघि बढ्ने देखिन्छ ।
वृष – शुभता वृद्धि भइ आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न रहला । अध्ययन-अध्यापनमा पनि प्रगति होला । ब्यापारबाट प्रशस्त धनलाभ हुने तथा भौतिक साधनहरू जुट्ने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।
मिथुन – समय शुभदायी छ । आय वृद्धिले आनन्द दिलाउला । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला । काममा स्थानान्तरण हुनसक्ने तथा यात्राको सम्भावना छ । लाभ हुने काम प्रारम्भ हुने योग छ । साझेदारीमा पनि राम्रो फाइदा होला । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । पढाइलेखाइमा पनि प्रगतिको समय छ । घर-जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने सम्भावना रहेकोले सजगताको दरकार छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट – कर्मबल बढ्ने एवम् साथीभाइको सहयोग प्राप्त हुने समय छ । पराक्रम तथा जाँगर बढ्नाले रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । आजको दिन आर्थिक कारोबार अति आवश्यकबाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिएला । तर, नसोचेको परिमाणमा धनको नाश हुनसक्छ, प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन्, ध्यान राख्नुहोला ।
सिंह – बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ, तथापि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । रसरागका क्रियाकलापमा आकर्षण रहला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – पराक्रम वृद्धि हुनाले दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि विशेष लाभ मिल्ने देखिन्छ । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, सावधान रहनुहोला । साथीभाइको सहयोग प्राप्त हुनेछ । समग्रमा कार्यगति बढ्नेछ ।
तुला – जोखिम बढ्ने तथा खर्च वृद्धि हुने सम्भावनाका बाबजुद आँटेको काममा सफलता मिल्ने दिन छ । प्रतिभाको उच्च मूल्यांकन होला । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने देखिन्छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ, सावधानी अपनाउनुहोला । लापर्वाहीपनले मान-सम्मानमा चोट पुग्न पनि सक्छ । तर, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । यात्रागत कार्य सफल रहला ।
वृश्चिक – नियमित कार्यमा खासै जाँगर नलाग्ने तर जिम्मेवारी भने बढिरहने समय छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । जीवनसाथीको समस्याले चिन्ता बढाउने सम्भावना छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइएला । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । रमाइलो भ्रमणको सम्भावना पनि छ । आरोग्यबल बढ्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – अरूका काममा महत्वपूर्ण समय बित्ने एवम् व्यवसायिक काममा खर्च बढ्ने समय छ । समयको व्यवस्थापनमा विशेष ध्यान दिनु हितकर होला । मानसम्मानका साथमा आम्दानी बढ्ने देखिन्छ । विपरीतलिंगीको साथ-सहयोगले महत्वपूर्ण काम बन्न सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने तथा राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुनसक्ने योग छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ ।
मकर – उत्साहवर्द्धकसमाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रेम विवाहमा परिणत हुने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु जरुरी छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउला । प्रेमभाव बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । दायित्व निर्वाहमा सफल रहनुहुनेछ ।
कुम्भ – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । स्थायी सम्पत्ति बढाउन सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । विद्यार्थी वर्गलाई विशेष फाइदाको समय छ । विपक्षीसँग जुध्ने सामथ्र्य बढ्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास बढ्नेछ ।
मीन – मिश्रित फलदायी समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विलासितामा खर्च बढ्ने योग छ, सजग रही आर्थिक व्यवहार गर्नुहोला । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । स्वास्थ्य केही कमजोर रहला । सरकारी निकायबाट हुने कडिकडाउको सिकार हुनबाट जोगिनेगरी काम गर्नु आवश्यक छ । शत्रुपक्ष परास्त हुनेछ ।
प्रतिक्रिया