नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्वसदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रभु बुढाथोकीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गर्दै यही माघ २३ गते निधन भएका डा. बुढाथोकीप्रति दुःख व्यक्त गरेका हुन् ।
‘डा. बुढाथोकीले काङ्ग्रेस पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए’ भन्दै उनको निधनबाट नेपाली कांग्रेसले एक बौद्धिक र शालीन व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।
सभापति देउवाले बुढाथोकीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया