आजको पञ्चाङ्ग एवम् राशिफल (२५ माघ २०८१ शुक्रबार, ७ फरवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ माघ २०८१ शुक्रबार, ७ फरवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ २५ गते तद्अनुसार सन् २०२५ फरवरी ७ तारिख शुक्रबार माघ शुक्ल पक्षको दशमी तिथि रोहिणी नक्षत्र ऐन्द्र योग तैतिल करण आनन्दादिमा मित्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४९ मा भयो र सूर्यास्त साँझ १७ः४८ मा हुनेछ । शल्यदशमी, बैतडी विश्वनाथ मन्दिरमा पूजा ।

आजको राशिफल

मेष – उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने दिन छ । ज्यादा समय अरूका काममा बित्न सक्छ । महत्वपूर्ण कार्य अधुरै रहनाले मन खिन्न रहला । अनावश्यक भ्रमणमा समय बित्ने योग छ । स्वास्थ्यगत समस्याले पनि सताउने सम्भावना रहेकोले सजगता अपनाउनु हितकर होला । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । साथी–संगीसँगको जमघटमा मिष्ठान्न भोजनको आनन्द पाइएला ।

वृष – आजको दिन आर्थिक मामलामा आंशिक सफलताको सम्भावना रहेपनि सानातिना काम तथा घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने योग छ । मेहनतअनुसार फाइदा कमै होला । लेनदेनमा विवाद हुने सम्भावना छ । विगतका समस्या बल्झिन सक्छन् । बौद्धिक काममा भने सफलता मिल्ने देखिन्छ । यात्रापरक काम बन्नेछ भने आफन्तको साथले उत्साह जगाउनेछ ।

मिथुन – समय खासै अनुकुल नरहने देखिन्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ला । शुभचिन्तकहरूको सुझावलाई शिरोपर गरेर अघि बढ्न खोज्नु हितकर हुनेछ । त्यसै-त्यसै आफू कमजोर भएको अनुभूति होला । मेहनतअनुसार कमै फाइदा मिल्ने अर्थात् ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहुने परिस्थिति रहन सक्छ । प्रतिकुलताका बाबजुद पराक्रम बढ्ने र शत्रुमाथि विजय प्राप्त हुने देखिन्छ । यात्रागत कार्यमा आंशिक सफलता प्राप्त हुनेछ ।

कर्कट – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइएला । व्यापारलगायत आर्थिक लाभ मिल्ने कार्यमा सफलता मिल्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मित्रजनका बीच भेटघाटका साथै मिठो भोजन प्राप्त हुने योग छ । साथीभाइको सहयोगले कर्मबल वृद्धि गराउला । प्रतिष्पर्धी परास्त हुनेछन् । खेलकुद, भ्रमण एवम् रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । अधिकार स्थापित गर्न गरिएको प्रयत्न सार्थक रहनेछ । कर्मबल वृद्धि भइ प्रतिष्पर्धीहरू किनारा लाग्नेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक भइएला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

कन्या – भाग्यबल वृद्धि भइ कार्यगति बढ्ने दिन छ । विशेष कार्यमा आफन्तको साथ प्राप्त हुनेछ भने आजको दिन यात्रागत कार्यमा पनि सफलता प्राप्त हुनेछ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । प्रयत्न गर्दा व्यावसायिक कामहरू सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा आजको दिन अलिक सावधानी अपनाउनु हितकर हुनेछ । विपरीतलिंगीको साथले उत्साह जगाउने योग छ ।

तुला – गरिएका कामको राम्रै मूल्यांकन हुने तथा लाभ हुने काम प्रारम्भ गर्न सकने समय छ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्ला । कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति भइ मन चङ्गा रहला । रमाइलो यात्राको अवसर जुर्न सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ ।

वृश्चिक – ब्यस्तता केही बढेपनि साहसिक काममा आकर्षण रहने र मनोकुलको सफलता मिल्ने समय छ । साझेदारीको कार्यमा राम्रै फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्नेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । दाम्पत्यजीवन सुखमय बन्नेछ । रोकिएको काम अघि बढ्ने देखिन्छ । आरोग्यता रहनेछ । प्रतिष्पर्धी कमजोर सावित हुने योग छ ।

धनु – आजको दिन केही चुनौतीयुक्त रहला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्न सक्छ । सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । विशेष योजनाहरू गोप्य राखेर अघि बढ्नु हितकर होला । आरोग्यबल बढ्नेछ । बौद्धिक तथा रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला । अप्रिय समाचारका कारण दुःखी बन्नुपर्ने योग छ । प्रतिकुलताका बाबजुद प्रेमभाव बढ्नेछ । मित्रजनसँगको भेटले मन रमाउला । चुनौती रहेपनि आफ्नो दायित्व निर्वाहमा कर्तव्यनिष्ठ रहनुहनुछ । आजको दिन यात्रागत कार्य सार्थक बन्नेछ ।

कुम्भ – विभिन्न अवसरले पछ्याउनेछन् । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । तथापि, नयाँ योजना कार्यान्वयनमा ल्याउन अलिक मुस्किल पर्ने देखिन्छ । सकारात्मक कार्यमा व्यस्तता वृद्धि हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – पराक्रम वृद्धि हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । भौतिक साधन जुट्नाले व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । आयआर्जन राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ । विभिन्न सहयोग र उपहार पाइएला । आरोग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।